Posted by: shirish February 21, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यति हलुका भएं सासले उडाउन थाल्छन् ! आफ्नै ढुकढुकीले रात ब्यूझाउन थाल्छन् ! यस्सो सन्चो पार्ने औषधी लाउन थाल्यो, घाउ नभएका ठाउँ चह-याउन थाल्छन् ! वाहन-सुखको अनुभवमा मग्न हुँदा, निर्धारित गति र गन्तव्य हराउन थाल्छन् ! अपराधको पक्षमा यति दक्ष वकालत ! प्राकृतिक न्याय सिद्धान्त लजाउन थाल्छन् ! म बिरुद्द उत्रेका सैतान नष्ट होलान् र ? एकको टाउको काटे दस पलाउन थाल्छन् !
Read Full Discussion Thread for this article