Posted by: Hi_nanu February 21, 2007
युवतीद्वारा विष सेवन
Login in to Rate this Post:     0       ?        
युवतीद्वारा विष सेवन कास काठमाडौं, फागुन ८ - माओवादी नियन्त्रणबाट सोमबार मुक्त भएका र्सलाहीका नानीबाबु कार्कीकी छोरीले तनावका कारण विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन् । स्नातकमा अध्ययनरत उनले सोमबार बेलुका मेटासिट सेवन गरेको परिवार स्रोतले बतायो । आइतबार बौद्धस्थित पाटीटारमा माओवादीसहित स्थानीयले उनको घर तो डफोड गरी बुबा नानीबाबु र आमा सावित्रीलगायत तीन जनाला आक्रमण गरेको थियो । यही घटनाले सुनिताले विष सेवन गरेको पारिवारिक स्रोतले बतायो । कलंकीस्थित आफन्तको घरमा बसिरहेकी १८ वषर्ीया युवतीको चाबहिलस्थित ओम हस्पिटलको सघन कक्षमा उपचार भइरहेको छ Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=101333
Read Full Discussion Thread for this article