Posted by: shirish February 21, 2007
पानी परेको रात
Login in to Rate this Post:     0       ?        
गजल मुन पौडेल त्यो कालो रात र झमझम पानी त्यो तिम्रो साथ र झमझम पानी मधुरो दीपमा खुसखुस खुसखुस मायालु वात र झमझम पानी जाडोले रातमा सब चिसाम्मै त्यो तातो हात र झमझम पानी कसरी बिर्सनु मौसम र रुपको संगम नसालु मात र झमझम पानी त्यो तिम्रो देहमा बिजुली चम्क्यो झर्यो प्रपात र झमझम पानी त्यो कालो रात र झमझम पानी त्यो तिम्रो साथ र झमझम पानी जनकपुरधाम ।
Read Full Discussion Thread for this article