Posted by: gwanche February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ न नि के के भइसकेछ ! त्यो सन ३६/३७ कुरा मैले गर्‍या हो र मेरो पल्टने बाजे ले पो गरेको हो त ।मैले त पैलो फिलिम हेरेको भनेको नै धेरै सानो छँदा गोबिन्दा भन्ने हिरोको भरिया नं १ हो कि कुली नमबर वान भन्ने हो, आमाको काखमा बसेर, एक कक्षामा पड्थे तेतिबेला। तो हजुरबाले उता गाममा खोकेको कुरा गर्दा, भर्खरै बुढासँअ कुरा गरेको, बुढा त उनलाइ झुठा भन्यो भनेर बम । त्यो उता गाममा गरेको कुरा सोरै आना साँचो हो रे, अछुत कन्या भन्ने उनले हेरेको फिलिम चाइ १९३६ मा रिलिज भएको हो रे, दिलिप कुमारको दोस्रो फिलिम । कुन्नी के जाती पैलो फिलिम चाइ १९३५ मा रिलिज भएको रे । कसरी त्यस्तो हुन्छ, तेती चाँडै दिलिप कुमारले कसरी फिलिम खेल्छ भनेर सोद्ध्दा, १९११ मा जन्मेको मान्छेले १९३५ मा हिरो भएर फिलिम खेल्न सक्दैन र भनेर मलाई पो झापारे त । खै मैले त केइ बुझ्या भे मार्दिनु, यो फिलिम सिलिमको बारेमा केइ था छैन । कसैलाइ बिश्वास नभए गुगलि हो कि के भन्ने पानामा खोज्न मिल्छ रे चेक गरे हुन्छ रे, त्यो उनले काम गरेको पल्टन्को नाम र ठाँउको नामहरु पनि सप्पै साँचो हुन रे । मलाई चाइ केइ था छैन है गाम्लेहरु, मलाई बिचमा नपारीदिनु होला । (चित्रे सरी है तिम्रो जासुसी फेल गर्न खोजेको हैन तर के गर्ने बुढा आफ्नो कुरामा अडिग छन्, मैले त कसको कुरा मान्ने कसको नमान्ने, क्या फसाद!)
Read Full Discussion Thread for this article