Posted by: world_map February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ए राहुलदाइ, मैले त ग्वाँचेलाइ यस्सो जिस्काको पो त, उसले माइन्ड गर्दैन मलाई। :) फेरी तपाईलाई चैं कति चिलीम तान्नु पर्या हो नि? पहिले कुम्लेले भने जस्तो तपाई 'चिलीम अवतार' पर्नुभो कि कसो? :P आफूले त अहिलेसम्म चिलीम, चुरोट भन्ने चीज तानेको छैन जिन्दगीमा( एकपल्ट बाहेक, फस्ट एण्ड लास्ट :P), खासमा यो नतान्नुको पनि यौटा कथा छ। मेरो बुबा पनि चुरोट खानु हुन्न।तर म नौ वर्षको हुँदा घरमा पाहुनाको लागि भनेर ल्याइएको चुरोटमा आँखा गयो। कस्तो हुँदो रहेछ चुरोट भनेर असाध्यै कौतुहलता जाग्यो, अनि एकपल्ट पिएर हेरूँ जस्तो लाग्यो। एकदिन कोठामा कोही नभएको मौका छोपेर सलाइ बालें अनि चुरोट मुखमा च्यापेर जोऽऽऽडले भएभरको बल लगाएर लाऽऽऽमो सासले तानें। चुरोटको धुवाँ त पेटसम्मै पुग्यो होला, मेरो घाँटी पोलेर खोकि लागेर सासै जाला जस्तो भयो। मैले त्यति नै बेला अठोट गरें कि यो नै मेरो पहिलो र अन्तिम सर्को हुनेछ। अहिले नौ को तीन गुना उमेर पुग्दा पनि मैले दोस्रो सर्को लिएको छैन र लिने ईच्छा पनि छैन। तैपनि ॐ नम: शिवाय: भन्नमा चैं कन्जुस्याई गर्दिनँ। :)
Read Full Discussion Thread for this article