Posted by: gwanche February 21, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हे हे हे ठुलि, हेर न हिजो क्या बबाल भो भने ! मेरो बाजेले कता'ट था पाएछन उताको गाममा पुराना गीतहरु बजाएर बुढा खाडा मान्छेहरु रमाइलो गरी'रा छन भन्ने । बुढाले मलाई नि तेता लाग्दे कि लाग्दे भनेर हत्ते गरे, जती गरे नि मान्या होइन । अनि त लौन त बुढा नि रमाइलो गरुन भनेर लाग्देको। सानो नातिले पुर्‍याइदियो भन्दै थे नि बुढाले, हो त्यो सानो नाती भनेको मै हो ! बाजेलाइ लग्न त लाग्दे तर त्यो गामभित्र छिर्न नि युजर आइ डि चाइने रैछ, त्यो दिलिप कुमारको जमानाआ बुढाको काँ बाट आइ डि हुनु, अनि त मेरो युजर आइ डि सापटि दिएर म त फर्किहाले, बुढाले त आफ्नो पल्टने दिनका खतरा गफहरु दिएछन । फेरी कोइ सुन्ने मान्छे भेटे पछि बुढा रोकिने होइनन भने, तै फिलिमको गीत गाएर नै हाम्रो बजेइलाइ फकाएको कुरा चाइ बताएनछन बुढाले । फेरी त्यो ३६/३७ साल होइन क्या, सन ३६/३७ हो, 1936-37, कैले कैले, नेपालीमा गर्दा नि १९... समथिङ समथिङ हुन्छ ।
Read Full Discussion Thread for this article