Posted by: Rahuldai February 21, 2007
फटाहा हरु
Login in to Rate this Post:     0       ?        
त्यही त भन्या मैले पनि । राजा नि कमसेकम चुपालागेर बसे हुन्थ्यो नि । लोकसम्मती शाहवंशिय पराम्परा भन्ने ले लौ जनताहरु तिमीहरुले मलाई राखे राख्, न राखे जन चाहना भन्न सक्नु पर्‍यो नि । अनि राजानैतीक दल ल पनि संबिधान सभा मा मत माग्नु जानु पर्‍यो नि, होइन र भन्या । मैले त राजाको तानाशाह काल रात्री भोगेर आएको । लोकतान्त्र को पक्षमा लागेको बापत सरुवाको पुरस्कार पाएको मान्छे । त्यसैले त्यतिबेलाको धरातलिय यथार्थ बुझेको छु भनेको मात्र, मैले भन्दा बढी बुझ्ने नि होला । १५ बर्ष सम्म सरकारी नोकारी गरेको मान्छे म, आफ्नै निजी प्रयास मा बिदेशमा एम एस्सी गर्न गएं। आज फेरि अझ उच्च अध्ययन् गर्न बिदेशमा छु। सरकार् ले मेरो निम्ति केहि गरेन मेरो गुनासो छैन । सरकार र कर्मचारीको बाध्यता र बिबसता बुझेको छु । आफ्नो देश प्रती गर्न सक्ने सेवा गरेको छु र गर्न कति बाकी छ । बिदेश को रंगीन दुनियाँ म रंगिएर देश लाई गाली गर्ने धृष्टता गर्दिन ।
Read Full Discussion Thread for this article