Posted by: Rahuldai February 21, 2007
फटाहा हरु
Login in to Rate this Post:     0       ?        
बडा असली कुरा गर्नु भयो । अमेरिका, जापान अनि युरोप बस्ने अनि देशको बारेमा जम्बो गफ हाँक्ने बहुत छन । ग्रीन कार्ड न पाएको झोंक अनि गर्ल फ्रेन ले दिएको झापाड र कुण्ठा सब नेपाली नेता मा पोख्छन । नेपाल को धरातलिय अवस्था अनि ब्यबस्था बुझ्न नेपाली नगरिकता र पास्पोर्ट मात्र भएर पुग्दैन । नेपाल मै बस्नु पर्छ र तहाँ को समस्या झेल्ने गर्नु पर्दछ । कांग्रेस को कुन चाँहीँ फटाह ले घात गर्‍यो भन्दै माअ राजा बादी हुने, हिजो सम्म गगन थापा संग फोटो खिचाउदा गौरब लाग्ने र आज तराई जले पछि राजा आउ देश बाचाउ भन्ने जस्ता अनेक अबसरबादी चरित्रको भण्डार नै छ साझामा । पढे लेखेका बिद्वान् ठान्ने जति जम्मै डाक्टर् इन्जिनियर् न बनी, न बनाइ नहुने, अनि राजनीति गर्ने जिम्मा ब्याक् बेन्चर् लाई छोड्ने र अनि तिनले राम्रो काम् गरोस् भन्ने आश् गर्ने? ज्ञानेको शासन कस्तो थ्यो त्यती बेला नेपाल मा हुने र त्यस्बाट प्रत्यक्ष प्रभाव परेकालाइ मात्र थाहा हुन्छ, ५-१० बर्ष देखि यहाँ ड्लर को खेती र काली केटी, अझ बखान गर्छ, अहिलेको भन्दा ज्ञानेको शासन राम्रो भनेर । झुठ्ठा आडम्बर् नेपाली को परिचय त हुन लागेन? नेता को नाम सुन्यो कि भ्रष्ट्र्, बेइमान । ए बाबा सबै नेता त्यस्ता छन र । जीवन भरि लोकतान्त्र को लागि सर्बस्व अर्पण गर्ने कति छन कति । ल भैगो, नाम चलेका वा चलाइएका हरु चोर फटाहा छन । गाली गर्न अघी आफ्नो आङ पनि त हेर्नु पर्‍यो? १० हजार तलब खाने का छोरा छोरी होइनौ? जागिरे का सन्तान हरु? हजुर का बा आमाले तपाईंलाई महंगो स्कूल मा कसरी पढाए, थाहा छ? काठमाडौंमा कसरी घर बनाए थाहा छ? दुखा गेरर भन्लाउ, जती दुखा गरे नि इमान को कमाइ ले महिना जसो तसो मात्र चल्छ ।तपाईंलाइ महिनाको १०००-३००० तिरेर १०+२ पनि पढाउन सकिंदैन मेडिकल र इन्जिनिररिङ्ग को त के कुरा? फेरी अमेरिका मा जस्तो नेपाल का जागिरे हरुले ग्यस् स्टेशन मा का गर्दैनन । अनि सबैले गाढ धन भेट्टाउदैनन पनि । आफुले देश को लागि केही पनि नगर्ने? खाली यो भएन त्यो भएन, फलानो चोर् धिस्कानो डाका भन्दै आफ्नो दायित्व निर्बाह गरेको ठानेका छन्। त्यसैले आफ्नो नक्कलि आँसु बन्द गर, देश को चिन्ता गर्नु छ भने नेपाली आंखाले हेर्ने गर। गहराइमा बुझेर कुरा गर्ने गर। अस्तु!
Read Full Discussion Thread for this article