Posted by: Rahuldai February 20, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
मित्रगण्, कुरा बुझिहाल्नु भो । ब्यक्तिगत रुपमा मलाई साम्यबादी दर्शन शो केश भित्र राखिएको सुन्दर पुतली जस्तो लाग्छ । व्यबहार मा उतार्न अलि न मिल्दो खाल को । र बिगत मा साम्यबाद को नाम मा भएका क्रुर नरसंहार का दृश्य हरु ले जसरि झस्काउन्थ्यो विद्यार्थी काल मा, आज आफ्नो जीवन काल मा माओवादी को खमेरुज स्वरुप देखियो । तर तिनले पनि आफु पक्का साम्यबादी भएको ठोकुवा गर्दछन र आम नेपाली जो पीडित छन माओवादी आतंकबाट्, तिनीहरु माझ साम्यबाद को असाली परिचय दिने कस्ले? बुझ्ने ले त बुझेका छन्, ए माले को साम्यबाद माओवादीको आतंकबाद भन्दा भिन्न छन । मेरो हिसाब मा त ए माले कम्युनिष्ट पार्टी नै होइन, समाजबादी पार्टी हो । त्यसैले कहिले काहीं म मेरा बाम मित्रहरु संग जिस्किन्छु, ने क पा एमाले को नाम त ए क पा नेमाले भाई सक्यो भनेर । अर्थात ए क पा नेमाले= एकताकाका कम्युनिष्ट पार्टी, नेपाल का मार्क्स् बादी लेनिन बादी । भन्न खोजेको कुरा के हो भने ए माले ले अख्तियार गरेको निती धेरै हद सम्मा समाजबादी नै हो । यस अघिकै पोस्टिङ मा लेखी सकेको छु । राम्र न राम्र पक्षहरु को उत्खनन् गर्ने हो भने कति भेटिन्छ कति। जति तपाईलाई गैर् बामपन्थी हरु को न राम्रा पक्ष् थाहा हुन्छ, त्यति नै गैर् बाम्पन्थि चिन्तन गर्ने ले बामपन्थिका न राम्रा पृष्ठ हरु को संग्रह गरेको हुन्छ। बामपन्थि कारण आस्था को कारण जति पीडित भएका कर्मचारि छन् नि कांग्रेसको पालामा, त्यति बराबर् त् न होला तर धेरै कर्माचारिहरुले मानसिक यातना भोग्नु परेको कुरा सत्य हो, यो लेखक स्वयं दुबै पटक् ( चमाले सरकार् समेत् गरेर) आस्थाको कारण् सरुवा गरिएका मध्यमा पर्दछ। त्यसैले, आन्दोलन गर्न मात्र जान्ने र सरकार् चलाउन् न जान्ने हाम्रा दुबै पार्टिका नेताहरु बाट् अनगिन्ति गल्ती भएका छन्, बिगतमा। त्यसैले अहिले सन्दर्भमा कुन पार्टि राम्रो कुन् नराम्रो भन्ने बिषय मा बहस गर्ने बेला नै होइन। सहयात्रीहरु ले दुश्मन को ब्यबहार र सोचाइ दुबै राख्नु हुन्न। अहिले H1B लगायत् केहि मित्रहरुलाई कम्युनिष्ट् को क्रुर् रुप को भूत ले तर्साएको छ, स्वभाबिक् छ। बिगतमा ए माले ले पनि थुप्रो गल्ती गरेको छ। तोड्फोड् को नमुना सिकाएका हुन् त्यो पनि गल्ती थ्यो र अहिले सुधारिएको ए माले छ( मेरो नजरमा)। माओबादि बांदर आतंक त्यो भन्दा भयानक् छ। त्यसैले पनि कम्युनिस्ट्को तस्बीर् कहालिलग्दो भएको हुन सक्छ। यहि निहुमा कतिपय साझा मा नजर् लगाउने ले राजा आउ देश बचाउ जस्ता नारा लगाउन थालेका छन्। जो जो मित्रहरु मधिसे आन्दोलन् को समर्थनमा साझा मा गाली खान तयार् भएर पोस्टिङ् गर्दै थिए, २ हफ्ता अगाडि सम्म आज, ती सबै राजा को समर्थन् मा साझा भरि छाएका छन्। अब भन्नुस्, हामी कांग्रेस् कम्युनिष्ट् भनेर हिलो छ्यापाछ्याप् गरि रहने कि त्यस्ता दरबार् पोषित् मण्डले कम् मधिसे हरु को ड्टेर मुकाबला गर्ने? आउनुस् चार तारा झन्डा र हसिया हथौडा झन्डा एकै ठाम् मा गाडौ र प्रतिगामी शक्तिको नामो निशान मेटाउं। अस्तु!
Read Full Discussion Thread for this article