Posted by: once in a while February 20, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
राहुलभाइ, आ-आफ्नो आस्थाको पक्षपोषण गर्ने बाहेक अरु धेरै कुरामा मेरो तपाईंसंग बिमती होला जस्तो लाग्दैन । हुनसक्छ, बीपी को बारेमा मेरो धेरै अध्ययन छैन होला ।उंहाका जती पनि पुस्तक पढें सबै बिसुद्ध साहित्यिक थिए । जेल जर्नल भने पढेको छु ।बी पी का भनाईहरु भनेर उही quote unquote कुराहरु नै गरिन्छ। जहासम्म मैले बुझेको हो, उंहाले सो कुरा "रास्टृयता र प्रजातन्त्र को सन्दर्भमा" भन्नु भएको हो क्यारे। सायद कम्युनिष्टहरु "अन्तरास्टृयबादी र अधिनायकबादी" हुन्छन् भन्ने उंहाको सोच हो। हुन सक्छ, बीपीको नियतमा खोट थिएन, तर उंहाले राजालाई भन्दा साम्यबादीलाई नजिक ठान्नु भएको भए अहिले स्थिति धेरै फरक हुनेथियो होला।१७ सालको कूमा कम्युनिष्टहरुले दीपावाली गरे भन्ने आरोप मैले कांग्रेसजनका भाषणहरुमा धेरै सुनेको छु। यो सही हो कि होइन, मलाई थाहा छैन। यदि सांचो हो भने त्यो गलत थियो। तर म फेरि-पनि भन्छु, कांग्रेस-कम्युनिष्टले आफ्नो मुल शत्रु पहिचान गर्न गल्ती गरिरहने कारणले यस्तो भएन होला भन्न सकिन्न। २०४७ सालको कुरा, एमालेले सडकदेखि सदनसम्म हंगामा खडा गरेको कुरा, सडक अस्तब्यस्त पार्ने कुरा मलाई पनि मन् पर्दैन। तर सरकार् पक्षले पनि प्रतिपक्ष मतको सम्मान गर्ने संस्कारको बिकास हुन पर्यो। अहिलेसम्म सडक तोडफोड नगरेसम्म सोझो तरिकाबाट कहिले पनि कुरा सुनिएको छैन। अहिले पनि संघिय शासन, समानुपातिक निर्वाचन प्रणाली जस्ता कुराहरु अगाडी छलफलमा आउंदा यो कम्युनिष्टलाई फाइदा हुने कुरा ठानेर हो कि,गिरिजाबाबुले लत्याईदिनु भयो। नोट ओफ् डिसेन्ट लेख्ने जस्ता अवस्था आए। 'सहमती' को नाममा बामहरु चुप लागे तर त्यो मुद्धा गलत थिएन। मधेशी फोरुमले सोही मुद्धा अगाडी लिएर आन्दोलन् छेड्यो। प्रतिगामी तत्वले घुस्ने मौका पाइहाल्यो, तिसौं मानिसले ज्यान् गुमाए र अहिले संविधान् संसोधन गर्न बाध्य भइयो कि भइएन? यदि प्रतिपक्ष मतको पनि सम्मान गर्ने संस्कार बस्यो भने यो स्थिति आउने थिएन। यसको मतलब प्रतिपक्षले तोड्फोडमा उत्रने कुरा सही भन्ने होइन। तर प्रतिपक्षलाई मनाउने, शांति सुब्यबस्था कायम् गर्ने प्रमुख् दायित्व सरकार पक्षको नै हुन जान्छ। एमालेको सस्तो लोकपृय कार्यक्रम भन्ने सवालमा-सायद् तपाईले "आफ्नो गांऊ आफैं बनाऔ" भन्ने तर्फ तिर इंगित गर्नु भएको होला। मन्त्रीले बजेट जती आफ्नो क्षेत्रमा मात्र लैजाने परम्परालाई तोड्डै, प्रत्येक् गाबिसलाई बिकास बजेट बिनियोजन गर्नु, त्यसमा स्थानिय श्रमलाई अनिवार्य गर्नु कसरी सस्तो कार्यक्रम हुन्छ? त्यो एक प्रकारले स्वायत्त शासनको पुर्वाभ्यास थियो। त्यसलाई अझै परिस्कृत गर्दै पो लैजानु पर्छ। कांग्रेसले जति नै सस्तो भनेर खिल्ली उडाएपनि, त्यसपछिको प्रत्येक सरकारहरुले अनेक नारामा सोही कार्यक्रमलाई नै निरन्तरता दियो नि त।।सायद कांग्रेसले, गरीबसंग बिशेश्वर भनेको थियो क्यारे।बामदेवले एयरपोर्ट कब्जा गरेको, ठेक्कामा दिएको भन्ने मैले सुनेको छु। सायद् उनी उपप्रम भएको बेला गिरिजा बाबुनै प्रम हुनु हुन्थ्यो। जहांसम्म मलाई लाग्छ, गिरिजाबाबु प्रम भएको बेला माथि देखि तलसम्म च्यानेल अनि प्यानेल नमिली एउटा रौं पनि हल्लिंदैन। बामदेव भ्रस्टाचारी हुन भने, उनीलाई कार्बाही हुन पर्छ। खुम्, गोविन्दराज सबैलाई अख्तियारमा मुद्धा पर्यो, बामदेव कसरी उम्किए होलान? बामदेवको संपती खोजे भयो नि, उनी अझै डेरामा नै बस्छन्। तपाईको प्रतिकृयाका अंतिम अनुच्छेदहरु संग म सहमत छु। कम्युनिष्टका प्राचीन ग्रन्थदेखि, कांग्रेसका अतित सबै पल्टाएर एकले अर्कालाई खेदो खनेर प्रतिगामीलाई मात्र फाईदा हुन्छ। तपाई-हामी यसरी भनाभन गरिरहदा मण्डलेहरुले जरुर मज्जा लुट्छन। रबिन्द्रनाथ शर्माहरु, कमल थापाहरु ले "प्रजातन्त्रबादीहरु को नेतृत्व गिरिजा बाबु र कांग्रेसले लिनु पर्छ भनेर फेरि दाउ थापिरहेका छन। यो कुरा हामी सबैले बुझ्न पर्छ। जहासम्म भोली कम्युनिष्ट अधिनायकबाद हाबी हुन्छकि भन्ने आशंका छ, अब कुनै प्रकारको अधिनायकबाद जनताले स्वीकार् गर्दैनन। माओबादीले पनि यहि बुझेर राजनीति मुलधारमा अवतरण गरेको हो नि। मेरो बुझाईमा साम्यबाद एउटा शोषणरहित, बर्गबिहिन समाजको परिकल्पनामा आधारित छ। त्यसलाई कसरी प्राप्त गर्ने भन्ने सवालमा बिभिन्न देशमा बिभिन्न प्रयोग हरु भए। कहिं असफल् भए, कही अझै प्रयोग् हुदैछ। कुनै एउटा देशको मोडेल फेल खांदैमा समुच्च सिद्धान्त गलत भनेर मान्न पक्षमा छैन। जरुर यसमा समय सापेक्ष परिबर्तन् सुधार् हुदै जानु पर्छ र नेपालका कम्युनिष्टहरु पनि परिबर्तन भैराखेकै छन्। जो हुंदैनन्, उनीहरु ईतिहास बन्ने छन। त्यसो त पुंजीबाद पनि यंहासम्म आइपुग्दा धेरै परिबर्तित भैसकेको छ। पुंजीबाद र साम्यबादको परम्परागत परिभासा बाट हामी माथि उठनु पर्छ।
Read Full Discussion Thread for this article