Posted by: gwanche February 20, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
ओहो..... हाँssरो जमाना गानाहुरको महफिल चलीरा' रैछ । यो बुढेस काल नि कस्तो हुने रैछ गाँठे, आँखा नि राँरी नदेख्ने, कान नि कम सुन्ने । तै सानो नातिले हात समाएर डोर्‍याउँदै यहाँ सम्म ल्याइद्यो, अब मजाले पुराना दिनका सम्झना ताजा गराउँदै आफ्ना पालाआ गानाहरु सुन्नु परो, यो धागो बनाउने झिल्के भाइलाइ धनेबात छ, असल काम अरेउ । सन ३६/३७ को कुरा हुनुपर्छ, भर्खर भर्खर भर्ती भा थे पल्टनाँ, पोस्टिङ भा थ्यो लखनौमा । हाँरो १६औं राजपुताना रेजिमेन्टलाइ लखनौ रेजिमेन्ट नि भनिन्थो, हेड क्वाटर थ्यो तेतिबेला चारबाग स्टेसनको नगिचै, ऐले त परेड मैदान नि भनिन्छ क्यारे तेल्लाई । हो... तेती नै बेला हो पैलो चोटि फिलिम हेरेको, अछुत कन्या भन्ने, अमिनाबादको क्यापिटल भन्ने हलाँ । आफुलाइ त फिलिम भन्ने जिनिस् के हो था थेन तेतीबेला सम्म, फिलिम हैन सिनेमा भन्थे तेतिबेला । भर्खर भर्खर चिनजान भे' का पल्टने साथीहरुसँअ एकदिन सिनेमा हेर्ने भनेर जोसिएर गएका थिम । एइलेको जस्तो रिक्सा हुन्थेन तेतिबेला, एक्का अथवा टाँगा हुन्थे, घोडाले तान्न्ने सवारी साधन । तो एक्कामा तिर्ने पुइसाले बरु तो अमिनाबादमा भूतनाथको पसल्को फलुदा कुल्फी खाम्ला भुन्ने सोचेर पैदलइ आइयाथ्यो, सप्पै पल्टने त थिम के गाह्रो हुन्थो र तेती जाबो ८-१० किलोमिटर हिंड्न नि ! दुई आना थ्यो क्यारे टिकाट्को दाम तेतिबेला । तो अंध्यारो कोठा भित्र छिर्दा त पैलोचोटि अलि अलि डर अस्तो नि ला थ्यो, फेरी अगाडीको डबलिमा नाना थरि नाच गाना, रोना धोना देख्दा त एक छिन सातो नै उडेको थ्यो, कस्तो मायाजाल, बंगालको कालो जादू पो हो कि अस्तो लागेर । हिन्दी नि राँरी नबुझ्ने, तेतिबेला त केइ बुझ्या भे मार्दिनु । पछि था भो, दिलिप कुमार भुन्ने म भन्दा नि सानो केटा हिरो रैछ तेस्मा, हिरोनी चाइ देवीका रानी ! पछि फेरी हेरियो त्यो फिलिम्, बुझियो पनि, तीन चार पटक नै हेरियो होला । त्यो फिलिम को रेकर्ड नि किन्या थे पछि, राती राती सुत्नु भन्दा पैला खुब सुनिन्थो । पछि धेरै ठाममा पोस्टिङ भो धेरै फिलिमहरु हेरियो तर तो पैलो चोटि फिलिम हेरेको अस्तो रोमान्च कैले भएन । लौ न भाइ बैनी हो कसैले कतइ तो फिलिम्को 'मैं बनके चिडिया..... ' भन्ने गाना भेटे टाँसुम न है यो धागोमा, यो बुढोले आफ्नो जवानीका दिनहरु याद गर्ने थ्यो ! लौ अब म चाइ लागे माथिबाट एक एक गरेर गानाहरु सुन्न! हरिशरणम् !!!
Read Full Discussion Thread for this article