Posted by: once in a while February 19, 2007
Login in to Rate this Post:
0
?
राजाले शासन् हातमा लिएपछि दलहरु फेरि सडकमा पुगे। प्रमको दाउ गिरिजा माधव् सबैले थापे तर पर्यो फेरि देउबालाई। गिरिजाको अफै प्रम हुने चाल् थाहा पाएपछि, देउबाको सरकारलाइ स्वीकारेर एमालेले सडक् छोडि दियेपछि अन्दोलन् सेलायो। आन्दोलन् जारी राख्न एमाले नभै नहुने रहेछ। देउबाले राजाले जे भन्यो सोहि अनुसार् गरि राखेकै थिए तर राजाको महत्वाकांक्षाको सिमा थिएन। माघ् १९ भयो। राजाको दयाको आशमा राह हेरिरहेको कांग्रेस फेरि एक पटक् चित खायो र अफैले सेना लगाएर तह लगाउन खोजीएको माओबादीलाई खोज्न दिल्ली दौडाहा भयो। कम्युनिष्ट नभै नहुने रहेछ। माओबादीसमेतको लागीमेलीमा जनान्दोलन भाग् २ सफल् भयो। गिरिजाबाबुको फेरि सत्तारोहण भयो र उनलाई माओबादीहरुकै बलियो आड छ। गिरिजा त अझै राजालाई सचेत् गराउदै थिए, सरकार, दल र माओबादी मिल्ने अवस्था नआओस्, नत्र ठूलो अनर्थ हुने छ। तर मर्केले कुर बुझेपो। त्यो अनर्थ भै छोद्यो। जन आन्दोलन् भाग् २।
माओबादीहरुलाई राजनीतीको मुलधारमा ल्याउन महत्वपुर्ण भुमीका खेल्ने कृष्ण सिटौलाको राजीनामा कांग्रेसभित्रैबाट माग्न थालिएको छ र उनको कवच् माओबादीले बनि दिन परेको छ।
जन अन्दोलन २०४६ अनि २०६२ का यत्रो ठुला सहयात्री कम्युनिष्टहरु आजै यत्रो बिष् बन्यो तिमिहरुलाई? किन यति छिटो राजाबादीहरु समेतलाई उछिनेर कम्युनिष्टको बद्ख्वाई गर्न पर्यो?किन कमल थापाहरु र रबिन्द्रनाथ शर्मा हरु "गिरिजा र कांग्रेसले प्रजातंत्रबादीहरुको नेतृत्व लिन पर्यो भन्छन्?" तिमीहरु किन चेत्दैनौ? १७ साल्, ६१ सालमा कांग्रेसी प्रमलाई नै हो नि बन्दी तुल्याएर राजाले शासन् हत्याएको।