Posted by: Rahuldai February 19, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
मित्र once a while जी, सुत्न लागेको थिएं, तपाईं को अर्ध सत्य लेख पढेर सुत्ने काम लाई एक छिन भनेको छु । "बिपी ले बरु राजा र मेरो घाँटी जोडीएको छ भने। कम्युनिष्टको हुईंया देखाएर राजालाई आफ्नो पक्षमा राखी सताको मह चाटी राख्ने कांग्रेसी तरिका बिपीको पालदेखि नै हो।" बी पी को बारेमा बोल्दा लेख्दा अध्ययन गरेर लेख्नु बोल्नु बेश हुन्छ। राजा संग मेरो घाटि जोडिएको छ- यो कुन् सन्दर्भ मा भनिएको बाक्यांश हो एक पटक् अध्ययन गर्नु होला। कुनै युनियन् चुनाव वा अनपढ हरु को भेला मा भाषण् गरेको जस्तो शब्दाबली तपाइको मुख बाट् सुहाउंदैन। पञ्चायत को आउट्पोस्ट कब्जा गर्ने भन्ने पार्टिको निर्णय शायद गलत थ्यो होला तर त्यसलाई तपाईंले भने जस्तो सत्ता मोह र पञ्चायत मा प्रबेश जस्तो थिएन । सतह मा कुरा गर्नु भएन । १७ साल मा कू भएको दिन दिपावली गर्ने को थिए ? आफु हारेको पीडा अरुको दु:ख मा रमेर भुल्ने परम्परा कहाँंबाट आयो ? १०४७ साल को निर्वाचन मा भाग लिए पछि जित्नै पर्ने मनसिकता बोकेका पार्टिले हार स्वीकार गर्न सक्एन, मान्ने कि न मान्ने । गिरिजा को सरकार बनेको ३५ दिन नबित्दै सरकार ढाल्ने खुल्ला एलान कसले गर्‍यो । शिशु प्रजातन्त्र जोगाउन सबल प्रतिपक्ष चाँहीन्थ्यो, तर प्रतिपक्ष होइन, सरकार ढाल्ने प्रतिगामि कार्य गर्‍यो कि गरेन । आफ्नो भूल स्वीकार गर्न नसक्नु नै सुन्दर बाम बिचार का कुरुप स्वरुप हुन । नेपाली कांग्रेस मात्र दुध्ले धोएको पार्टी होइन । अझ म त त्यसलाई सार्वजनिक पाटी भन्छु । गल्ती भएका छन । ४६ साल मा संगै प्रजातन्त्रको लागि लडेका पार्टी बीच कम से कम स्वस्थ प्रतिस्पर्धा हुनु पर्थ्यो, भएन। दोष् दुबै पार्टिको नेतृत्व लाई दिनु पर्छ। पार्टि भित्र को आन्तरिक खिचातानी अर्को कमजोरि रह्यो। ए माले को ९ महिने शासन् काल लाई अहिले सम्म को सबै भन्दा राम्रो काल् मान्नु हुन्छ, बामपन्थि चस्मा लगाएर हेरे मात्र। बाम् देब् को प्रशाशन् हामी सरकारि नोकरि गर्न् ले मज्ज संग हेर्यौ। खमेरुज् को शासन् को झलक् देख्यौं। एअरपोर्ट् ठेक्का म चलाएको पनि देख्यौं। नियम कानून् को लज्जाजनक् खिल्लि उडाएको देख्यौं। जनता भुलाउनको लागि सस्तो तर उपलब्धीहीन् कार्यक्रम् पनि देख्येउं। त्यसैले मित्र अलि बिचार् गरेर लेख्ने गर्नुस्। मलाई कम्युनिष्ट् लाई गाली गरेर आनन्द आउंदैन। जन आन्दोलन् भाग् १ र भाग् २ का सहयात्री हरु हौं। जन आन्दोलन् भरि संगै हिंडेका मित्रहरु बिच् पानी बाराबार् भएको हेर्न सुन्न हुन्न भन्ने मान्यता छ। दुबै ले गल्ती गरेका छन्, दुबै का कमी कम्जोरि हरु छन्। एक् ले अर्को लाई गाली गरेर कोहि ठुलो हुनेवाला छैन। ज्ञाने ले फेरि यहि मौका मा चौका हान्ने दुस्प्रयास गरि सके। ज्ञानेको हुन्डि खाएर हाम्रा मधिशे भैयाहरु नराम्रो संग नीद् हराम् हुने गरि भुकि रहेको बेला, हामी बिच कुकुर् बिरालो झै न्यार्न्यार् नुर् नुर् गरि रहनु समय सापेक्षा होला त। अस्तु!।
Read Full Discussion Thread for this article