Posted by: once in a while February 19, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
नेपालको राजनीतिमा कांग्रेस र कम्युनिस्टहरु प्रतिद्वन्दीहरु नै हुन (म दुश्मन् भन्दिन)। एक् अर्काको बिचारसंग असहमत् हुनु अश्वभाविक होइन। कांग्रेसले कम्युनिष्ट मन पराउने र कम्युनिस्टले कांग्रेस् मन पराउने त कसरी संम्भव् छ र? तर पनि एक् अर्काले गरेको सहि कार्यलाई स्वीकार गर्ने, समर्थन् गर्ने हिम्मत र संस्कारको कमी छ हामी संग। नेपालमा नेपाली कांग्रेसले कम्युनिष्टको महत्व कहिले बुझेन। बिपी ले बरु राजा र मेरो घाँटी जोडीएको छ भने। कम्युनिष्टको हुईंया देखाएर राजालाई आफ्नो पक्षमा राखी सताको मह चाटी राख्ने कांग्रेसी तरिका बिपीको पालदेखि नै हो। १७ सालमा अघिल्लो दिन बिपीले राजासंग डिनर खाएर आए तर भोली पल्ट कू भयो।त्यसपछि पनि कांग्रेसको चेत आएन। यिनीहरुले राजालाइ भन्दा कम्युनिष्टहरुलाई नै शत्रु देखे। राजाको दयाको राह हेरि रहे। याँहासम्म कि, एउटै चुनाव् चिन्ह पाए र कुनै पनि पन्चायती वर्गिय संगठनको सदस्य बन्न नपरे ( जुन् कुरो चुनवमा उम्मेदवार् हुन अनिवार्य थियो), कांग्रेस पन्चायती संबिधान स्वीकार् गर्न तयार थियो। यो त राजा बीरेन्द्रको मुर्खता थियो कि उनले यति कुरा पनि मानेनन्। त्यसपछि भने बल्ल यिनिहरुलाई सोच् आयो कि, भएन, कम्युनिष्टहरुको साथ लिएर आन्दोलन नगरिकन हुन्न। त्यो पनि गणेशमानको करबलले। होइन भने केपी र जीपी त कम्युनिष्टलाई अछुत नै ठान्दथे।फलस्वरुप २०४६ सालको आन्दोलन भयो,सफल् भयो। तर संबिधान् बनाउने बेलामा राजाको अधिकार् कटौती गर्ने प्रस्ताव आउदा कांग्रेसी प्रतिनीधी राजाका प्रतिनिधीसंग लपक्क भएकाले राजाको अधिकार् भनेजस्तो कतौटी गर्न सकिएन। चुनाव भयो। कांग्रेसले बहुमत ल्यायो। गिरिजा बाबू प्रम बन्नु भयो र सर्बसत्ताबादी तरिकाबाट शासन् गर्न थाल्नु भयो। प्रतिपक्षका शसक्त एमालेले बिरोध नगर्ने त कुरै भएन। गिरिजाबाबुको सर्बसत्ताबादी प्रबृतीको बिरुद्धमा कांग्रेस भित्रै छत्तिसे समुह जन्म्यो। आफ्नै पार्टिका सांसदहरुका कारण गिरिजाको सरकारको निति तथा कार्यक्रम् संसदमा फेल भएपछि, नैतिकता देखाएर राजीनामा गर्नुको साटो संसद बिघटन् गरेर गिरिजा बाबुले देशलाई एउटा दिर्घकालिन् अनिश्चयता तिर धकेल्नु भयो। मध्याबदी चुनाव भयो। कसैको बहुमत आएन। सबै भन्दा ठूलो दलको हैसियतले एमाले ले सरकार बनाउने मौका पायो। कांग्रेसलाई यो स्वीकार् गर्न गारो होला तर एमालेको त्यो ९ महिने साशन कालनै नेपालको इतिहासमा सबै भन्दा उत्तम् साशन् थियो। एमालेका शासन जस्तो सुकै भएपनि कांग्रेसलाई पच्ने कुरै थिएन, पुर्व पन्चहरुको पार्टि राप्रपाको समर्थन लिएर एमालेको सरकार् ढलाइयो। त्यस्पछि शुरु भयो सरकार् बन्ने र ढल्ने क्रम्,सांसदको खरीद बिक्री तथ अन्य बिकृतीहरु।।।यो अस्थिरताको शुरुवात गर्ने को हो? छोडिदिउं एमालेको सरकार ढालेको कुरो। कांग्रेसभित्रकै कुर गरुं। केपी भट्टराईलाई समेत् प्रम हुन खान दिइएन। राजीनाम दिन बध्य पारियो।आफ्नै पार्टिको सांसद् अनुपस्थित गराएर देउबालाको सरकार गिराएर गिरिजा प्रम बने। सेनाले होलेरीमा माओबदीसंग हात् मिलाएपछि गिरिजा राजीनामा दिन बाध्य भए, फेरि उदय भयो देउबाको र फेरि तिनै देउबालाई गिराउन गिरिजाले कुनै कसर् छोडेनन्। यी गिरिजा र देउबाहरुको आन्तरिक लुच्छाचुंडीले गर्दा राजाको पक्षमा अंक थपिदै गयो र राजीनाम दिन बध्य पारियो।आफ्नै पार्टिको सांसद् अनुपस्थित गराएर देउबालाको सरकार गिराएर गिरिजा प्रम बने। सेनाले होलेरीमा माओबदीसंग हात् मिलाएपछि गिरिजा राजीनामा दिन बाध्य भए, फेरि उदय भयो देउबाको र फेरि तिनै देउबालाई गिराउन गिरिजाले कुनै कसर् छोडेनन्। यी गिरिजा र देउबाहरुको आन्तरिक लुच्छाचुंडीले गर्दा राजाको पक्षमा अंक थपिदै गयो र र राजाले शासन हातमा लिए। यो पृष्थभुमी तयार पारिदिने यिनै कांग्रेसी गुरुचेला हरु होइनन्?
Read Full Discussion Thread for this article