Posted by: Rahuldai February 19, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
मैले न बुझेको कुरा कसैले प्रष्ट्याइ दिनु हुन्छ कि विद्वान महाशयहरु? १-कम्युनिष्ट सिद्धान्त मा भएका कमि कम्जोरिहरु लाई कसैले कोट्याइ दिंद कोही किन कांग्रेस र राप्रपा हुन्छ? मैले न बुझेको कुरो । २- कम्युनिष्ट् पार्टिमा त्यस्ता गद्दार् ( बामपन्थि भाषामा)हरु छन् भन्दा कांग्रेसमा त्यो भन्दा बढि छन् भनेर प्रतिरक्षा गर्नु को के अर्थ छ? तं चोर् होस् भन्दा होइन भन्नु भन्दा म भन्दा त्यो बाढि चोर् अझ डाका भन्नु, चोर् हुनु को स्वीकारोक्ति होइन र? ३-बामपन्थी बिचारधारा मा कहीं पनि खोट छैन भन्ने कुरा त पक्कै होइन होला । कहीं कतै कम्जोरी छ भने स्वीकार गर्न कुन चाँही के ले रोकेको होला । ए माले पार्टी आँफैले देउबा संग प्रतिगमण आधा सच्चिएको गठ्बन्धन गलत थ्यो भनेर आत्माअलोचन गरी सके पछि पनि किन यहाँ त्यस्को प्रतिरक्षा गर्दै छन बाबुजी हरु( बाम बुद्धी जीवी)?
Read Full Discussion Thread for this article