Posted by: Birkhe_Maila February 19, 2007
Login in to Rate this Post:
0
?
बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला
अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला
प्रेयसीको मुस्कानले काँडेतार बार्दा
पासो परि उम्केँ भन्छ जिन्दगी यो साला
प्राप्तिको नजिक पुगि हात थाप्न खोज्दा
अत्यासको खाडल खन्छ जिन्दगी यो साला
डाँडामाथी घाम देखि उठि हिँड्न खोज्दा
मध्य दिनमै थाकेँ भन्छ जिन्दगी यो साला
जदौ! यो बिर्खे माईलाको!!
तारेमाम ठुल्दाई!
भान्सा भओ?