Posted by: Rahuldai February 19, 2007
RAJA AAU, DESH BACHOU
Login in to Rate this Post:     0       ?        
हो, रिठ्ठे जासुस जी, ज्ञाने नै नाइके थिए, भाइ को नाम मा होस् या दाइ को । लोकतन्त्र त्यो बेला भएको भए केही त राहत हुन्थ्यो, नमिता सुनिता का बृद्ध पिता ले, श्री ५ को सरकार का सचिब थिए उनी । सर्प को छाला काण्ड्, गलैचा काण्ड कति काण्ड । सबा दबाए । अहिलेका नव पञ्च हरु लोकतान्त्र पछि का काण्ड हरुको हरि नाम जपी रहेका छन । प्रजातन्त्र पछि २०४७ साल पछि देश बिकास को गती र ३० बर्ष को पञ्चायती कुशासनको बिकास को कुनै लेखाजोखा गर्नु भएको छ ? १७ देखि ४७ सम्म कति किमी सडक बने र ४७ साल पछि कति ? हामीले आइ एस्सी पढ्दा सम्म बर्ष को कति डाक्टर इन्जिनियर पढ्न पाउंथे र अहिले कति ? ४७ साल पछि कति अमेरिका मा पढ्न पाए त्यो भन्दा बढी कति ? बिकास संग संगै बिकृति बढे , त्यो सत्य हो ? माओवादी को आतंक र बिचार प्रती असहमत म पनि छु त्यस्को अर्थ यो होइन कि माओवादी को बिरोध गर्न राजाबादी हुनै पर्छ । लोकतान्त्र म बिकृति आयो भन्दै मा निरन्कुश तन्त्र नै ठीक हुन्छ भन्ने कुरा लाई तर्क संगत मान्न कदापी सकिन्न । आफ्नो घर मा मुसा बढ्यो भनेर मुसा मार्न तिर लाग्ने कि, घर जलाउने ? कुरो यही हो, बुझ्ने लाई श्रीखण्ड न बुझ्नेलाइ खुर्पाको बींड ।
Read Full Discussion Thread for this article