Posted by: gahugoro February 19, 2007
Anti-monarchy
Login in to Rate this Post:     0       ?        
KP wrote in his blog: तित्राको मुख बैरी जङ्गलमा बस्ने तित्रो चराहरुमध्ये अत्यन्त सानो प्रजातिको चरा भएरपनि सिकारीको नजरमा चांडै पर्छ रे । उसको रङ्ग हरियो भएको कारण हत्तपत्त चरा ठम्याउनै गाह्रो हुन्छ । तर तित्रिक्क तित्रिक्क गरेर कराइरहने उसको बानीले सिकारीले फेला पारिहाल्छ । त्यसैले त भनिन्छ तित्राको मुखै बैरी । अहिलेको अवस्थामा हेर्ने हो भने नेपालको राजनीतिमा राजा ज्ञानेन्द्र यस्तै तित्रा भएका छन् । बदिलंदो राजनीतिक वातावरणमा उनको राजनीतिक उचाइ तित्रो भन्दा पनि सानो भइसकेको छ । चारैतिरवाट अधिकारविहिन बनेर नारायणशिटी भुत बंगलामा बसेका छन् । तर अझै आफ्ना गलत कामको पुष्टि गर्ने बहानामा तित्रिक्क तित्रिक्क गर्न भने छाडेका छैनन् । प्रजातन्त्र दिवसको उपयोग गर्न मनसायले राजाले दिएको अभिब्यक्ति त्यही तित्राको संकेत हो । कमसेकम अहिले अधिकारविहिन बनेका उनको चर्को आलोचना हुन छाडेको थियो । भए गणतन्त्रको कुरा हुन्थ्यो तर राजा ज्ञानेन्द्र यस्ता उस्ता भन्ने खालका राजनीतिक भाषण हराइनै सकेको थियो । तर प्रजातन्त्र दिवसका दिन आएको सन्देशले पुन आलोचना निम्त्याएको छ । अबका केही दिन राजा ज्ञानेन्द्र स्वतन्त्रताप्रेमिहरुको चर्को आलोचनाका पात्र बन्ने निश्चित छ र यसको शुरुवात पनि भइसकेको छ । माघ १९ को कदम किन चालिएको थियो त्यसको राजनीतिक पुष्टि भइसकेको छ । त्यो हो राजा सकि्रय हुने लालसाको परिमाण । जनचाहना के हो त्यसको पुष्टि १९ दिने जनआन्दोलनले पुष्टि गरिसकेको छ त्यो हो स्वतन्त्रता । त्यसैले अहिले आएर माघ १९ जनताको चाहना बमोजीम भनेर टिप्पणि गर्नु भनेको ज्ञानेन्द्रका जनता भनेका भरतकेशर िसंह सच्चितशमशेर राणा तु_िल्स गिरि लायतमा खेमा मात्र रहेछन् भन्ने बुझिन्छ । कारण यो त्यही झुण्डको चाहना थियो जसलाइ ज्ञानेन्द्रले पुरा गरेका थिए । त्यसैले राजाले भनेको यो जनचाहना एक राम्रो राजनीतिक जोक्स बन्न पुगेको छ । सायद पशुपतिको दर्शन गर्न जांदा खाएको ढुंगावाट रन्थनिएर जनतासंगको सम्बन्धमा सुधारको प्रयासका लागि प्रजातन्त्र दिवसमा सन्देश दिने आइडिया दरवारीयाहरुकै काम होला । तर विचरा उनीहरुले अहिलेको परिस्थिती बुझ्न सकेनन् । जसका कारण सम्बन्ध सुधारका लागि आएको सन्देशले थप राजनीतिक आशंमा मात्र थप गरेको छ । यसले बढ्दै गएको गणतान्त्रिक माहौललाइ नै सहयोग पुर् याउंछ नै । सन्देशले ज्ञानेन्द्रले अझै हिम्मत भने हारेका छैनन् है भन्ने चै देखाएको छ नै । तर त्यो प्रयास मृत्यु कुरिरहेको िसंह झै हो । जो भोकाएको छ तर आफ्नै अगाडि बसिरहेको मृग खान सक्दैन । यदी जनता नै सर्वेसर्वा हुन् भन्ने ज्ञानेन्द्रमा चेत पलाएको भए उनले असोज १८ २०६१ वाट बैशाख १० २०६३ सम्म गरेको कु कार्यप्रति जनतासंग माफी मागेको भए माहौल केही सुधारोन्मुख हुनसक्थ्यो । आखिर त्रिता न ठहरिय । http://www.hamroblog.com/?p=333#more-333
Read Full Discussion Thread for this article