Posted by: Rahuldai February 17, 2007
मेरो नेपाल
Login in to Rate this Post:     0       ?        
मधेश जल्दा पग्लिन्छ हाम्रो हिमाल पराइ आफन्तमै अल्झिन्छ मेरो नेपाल सबैको रगत रातै हुन्छ हुँदैन कसैको पानी सबको ब्यथा उस्तै उस्तै छ सबको कहानी तराइ सुक्दा कुप्रीन्छ हाम्रो हिमाल हामी टुक्रीयौं भने टुक्रीन्छ मेरो नेपाल्। काखा पाखा धेरै भए, अब हुनु हुंदैन देशमा एउटै भाखा सबैको हुन्छ अनेक् भाषा भेषमा पहाड खसे एक्लिन्छ हाम्रो हिमाल दुखेको घाउमा बल्झिन्छ मेरो नेपाल् जसको गोली ले पनि मर्ने आखिर् नेपाली टुहुरा हुन्छन् धेरै मुना बिधवा हुन्छन् चेलि हृदय खोले मुस्कुराउछ हाम्रो हिमाल हृदय मिले मौलाउछ हाम्रो नेपाल्
Read Full Discussion Thread for this article