Posted by: sprakashp February 17, 2007
लेख रचना पठाउने ।
Login in to Rate this Post:     0       ?        
साझा प्रयोगकर्ता मित्रहरु, नमस्कार ! नेपालीहरुको एउटै साझा छहारी साझा चौतारीको रुपमा हरेको ग्रेटर बोष्टन नेपाली समाजले हाम्रा बिभिन्न चाडपर्वका अवसरमा नेपाली सस्कृति र परम्परा तथा भेषभूषा र रहनसहन झल्कने विविध कार्यक्रमहरु प्रस्तुत गर्दै तिनको संरक्षण र संवद्र्धनमा उल्लेखनीय भूमिका खेल्दै आएको कुरा सर्वविदितै छ । यो परदेशमा बिभिन्न आरोह-अवरोह तथा कठिनाइहरु पार गर्दै यहाँसम्म आइपुगेको यो समाजले आफ्नो क्षेत्रमा ब्यापकता र कार्यक्रममा विविधता ल्याउने उदेश्यले नेपाली साँस्कृतिक र साँगीतिक कार्यक्रम सहित साहित्यिक कार्यक्रम एवं अन्य रचनात्मक कार्यहरुको आयोजना गर्न थालेको र भविष्यमा पनि गर्दै जाने उदेश्य लिएको ब्यहोरा पनि समाजका तर्फबाट म यहाँ सहर्ष निवेदन गर्न चाहन्छु । यसै शिलसिलामा नयाँवर्ष २०६४ का अवसरमा ग्रेटर बोष्टन नेपाली समाजका विविध पक्षका साथै बिभिन्न विषय-वस्तु क्षेत्र र विधालाई जस्तै कथा कविता गीत गजल मुक्तक संस्मरण नियात्रा ज्ञान-विज्ञान धर्मशास्त्र खोज-अनुसन्धान आदि समेटेर स्मारिका प्रकाशन गर्न लागेको हुदाँ उक्त स्मारिकाका छोटो मीठो र सटीक रचना सकेसम्म दईहप्ताभित्र उपलब्ध गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु । अनि पासपोर्ट साइजको तपाइँको सुन्दर तस्वीर पनि पठाउन नभुल्नु होला । प्राप्त रचनाहरु सम्पदक मण्डलको निर्णयान’सार प्रकाशित गरिने छ । सहयोगको लागि धन्यवाद ! शिव प्रकाश sprakashp9@yahoo.com पत्राचार गर्ने ठेगाना 232 Canton St # 305 Randolph, MA 02368 USA
Read Full Discussion Thread for this article