Posted by: pire February 16, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
त्यै त, आफैलाई कायर भन्ने भट्टराइलाई फेरि आफै जिताउने। ए बाबा ति बाठाटाठा मधेसीहरु एक हुल बाधेर पर्सा जिल्लामा क्याम्प बसाएर यो पानबुढोले हाम्लाई कायर भनेको, यसलाई जिताउन हुदैन भन्दै क्याम्पेन गर्नु पर्ने हैन? काठमाण्डु, गोर्खामा त बुढोलाई 'यस्तो हाउडे' भनेर भोट नदिएकै हुन नि! तेस्तै सिटौलाको राजिनामा भनेर किचकिच गर्नु भन्दा 'आइजा झापामा अनि देख्लास, कसरी भोट ल्याउलास हामी पनि हेरमला' भनेपछि सिटौलाको सातो जादैन र भन्या? बच्चा जस्तो राजिनामा दे नत्र बार्ता गर्दैनम किन भन्न परेको? मधेसीले दुख पाउनमा धेरै हदसम्म मधेसी नेतृत्वपनि जिम्मेवार छ। अब माग हेर्नुस न, 'हिन्दीलाई राष्ट्र भाषा बना' रे। त्यस्तो मागले मधेसीलाई फायर अप गर्छ? 'मैथिलि लाई राष्ट्र भाषा बना', 'भोजपुरि लाई बना', 'अवधीलाई बना', 'थारुलाई बना' भने पो। अब अमेरिकामा हिन्दिलाई राष्ट्रभाषा बना भनेर आन्दोलन गर्‍यो भने के बंगाली, नेपाली हरु फायर अप हुन्छन र भन्या? अब मेरो मधेसी एउटा ठुलाबडा साथीले भन्छ कि 'हिन्दिले मधेसी लाई कनेक्ट गर्छ'रे। गर्छ खुब। मैथिलि बाट हिन्दि र नेपालि भाषाको दुरि बराबर छैन? भोजपुरिबाट पनि त्यहि हैन? कति फरक छ र हिन्दि र नेपाली नै? जसलाई आफ्नै मातृभाषाको माया छैन तिनले कसरी सफल राजनीति गर्न सक्छन? गज्जुबाबुको पार्टी फेल खाकै कारण त्यहि हो, मैथिली वा भोजपुरि को सट्टा हिन्दि कसलाइ खुशी पार्न माग्या हो? अब ह्याँ नेपालगञ्ज मा मधेसीलाई लुट्दा पुलिसले हासेको भिडियो कु कुरो आ'छ। मैले पनि हेरें, एकदम शेमफुल छ। तर नेपालगञ्जमा त्यो काण्ड हुदा सत्तामा सद्भावना थियो कि थिएन? सत्तारुढ पार्टीको रुपमा उसको जिम्मेवारी हुन्छ कि हुदैन? केहि शब्द बोल्यो? बिरोध गर्‍यो? राजीनामा दिन्छु, राम्ररी छानबीन नगर्ने हो भने भनेको भए सिरियसले सबैले लिन्थे, हैन? आफुले सत्ता पाए सम्म मधेसीले दुख पाउन या सुख पाउन, नागरिकता पाउन या नपाउन यिनलाई मतलब छैन। यि सबै आफै छोटे राजा हरु हो, आफुले नै गाउँमा तल्लो जातको लाई दबाएर खाने गरेको हरु हो। हामीजस्तो साधारण नेपालीले न तराईमा कर उठाएर खा'छ, न हाम्ले कहिल्यै कसैलाई दबा'छ। हाम्लाई त तराई पनि धनि होस, तराईमा आइमाईलाई राम्रो ब्यबहार होस, छुवाछुत अन्त होस, सबै ठुला हुन भन्ने छ। तराईलाई राम्रो बनाउने काम अन्तमा तराइकै नेताहरुको हो। उहाँहरु आफै सोचेर काम गर्नु हुन्न, आफै झगडा गर्नु हुन्छ, आफै पपुलर हुनुहुन्न आफ्नै जनतामाझ, आफै कहिले शरदसिं भण्डारी, कहिले बद्री मण्डल, कहिले भट्टराइलाई जिताउने, अनि फेरि हामिलाई गाली गर्ने गर्नु हुन्छ, यो त अलि भएन नि, हैन?
Read Full Discussion Thread for this article