Posted by: pire February 16, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
मैले गोदाई पक्का खान्छु होला, फेरि भगतको कुरो ल्यायो भनेर, तर आज पनि मनमा खसखस भएर गएँ भगतब्रोको वेब साइटमा।के गर्ने त्यो साइट नहेरि कन त खा'कै नपच्ने भैसक्यो। उपेन्द्र ज्यादबब्रो को अन्तर्बार्ता राख्यारैछ। पढेको भरमा हेर्दा त मुन्छे ठिकै जस्तो लाग्यो। पहिले त एक त पहिलेको माओबादि, त्यसमाथि हिन्दुको मिटिङमा बसेर भाषण दिएको भन्ने सुनेको थिएँ, तालनतुलको सिद्धन्त नभाको मान्छे, फेरि मधेसिको नाममा राजनीति गर्‍यो, मन्त्रीपद पड्कायो गर्ने त होला भन्ने सोचेको थिएँ (अझै पनि त्यै सोच्छु सोच्न त), तर अन्तर्बार्ताले मान्छे अलिकति र्यासनल त रैछ भन्ने लाग्या छ। http://demrepubnepal.blogspot.com/2007/02/upendra-yadav-interview.html मैले यो मधेसि आन्दोलनको दौरानमा एउटाकुरो खुब नोट गर्‍याछु: यो यो पोस्टाँ यति पहाडे बाहुन, यति यो जाति, यति त्यो जाति भनेर खुब आयो, तर मधेसि भनेर एउटै ग्रुप मा आयो। बरु, मधेसि बाहुन कति प्रतिशत छन र तिनले सरकारि जागिर, डाक्टरि जागिर, इन्जिनीयरिङ् जागिर कति काछन भनेर आएन। मेरो बिचारमा झा, मिश्र, त्रीपाठी बाहुनहरुको प्रतिनिधित्व मजाले भा'छ। खाली मधेशका दलित लाई देखाएर हाम्लाई बढि भाग देओ भन्न खोज्या हो जस्तो लाग्छ। सधै आफै ले दलित लाई दबाउने, अनि ल सरकारले यिनीहरुलाई हेरेन भनेर मधेशको भाग बढाउन दबाब दिएर आफै खाने दाउ गर्‍य हो जस्तो लाग्छ।बाहुनको जात जहाँ पनि बाठै हुन्छ, हुन त म पनी बाहुन नै हो, तर एउटा न्यार्नीलाई लाइन मारेदेखि आफुलाई बाहुन भन्न छोड्याछु, बेकार टेन्सनमात्र। अनि फाइनल्लि, हाम्रो मधेसि ब्रो हरुले पनि बुझ्नु पर्‍यो, त्यो मधेसिलाई कायर भन्ने भट्टराइलाई थोडा हाम्ले जिताको हो र? पहाडमा जित्न नसकेर पर्सा जिल्ला गएर चुनाब लडेको हैन? आफुनै भोट हाल्ने गिर्जा बाबु, माधब नेपाल ईत्यादिलाई, अनि फेरि यस्तालाई नेता बनायौ भनेर हामी पहाडियालाई गाली गर्ने। नेक्स्ट ट्याम यिनीहरुको जमानत जफत गराइदिस्यो न, अनि देख्छन बाउको बिहे, कसरी मधेसि समस्या समाधान नगरी बस्न सक्दा रैछन, हैन? यस्तो शान्तिपुर्ण उपाय हुदाहुदै।।
Read Full Discussion Thread for this article