Posted by: chanaa_tarkaari February 15, 2007
गद्दार मधेशिका बारे ----
Login in to Rate this Post:     0       ?        
कथित मधेशि आन्दोलनको कुरा जहाँसम्म छ त्यो त आतंक थियो । शान्तिपूर्ण जुलुश कहाँ निस्कियो भारतीय खुफिया एजेन्सी र ले सीमा पारिबाट लाखौं अपराधिक तत्व परिचालन गर् यो । उनीहरुले सीधै प्रहरी पोष्ट र हाम्रो देशको सम्पत्ति सरकारी भवनहरुमा आगो लगाए । यदि यिनीहरु नेपाली भइदिएको भए तराईलाई नै युगौंयुग पछिल्तिर धकेल्ने आपराधिक गतिविधि गर्ने थिएनन् । तिनीहरु नेपाली नै भइदिएको भए आन्दोलन शान्तिपूर्ण हुने थियो । बूढाबूढी बच्चाबच्ची सबैलाई अगाडि सारेर पैसा दिएर गुण्डाहरु ल्याएर हिंसा र अराजकता फैलाउने र नियन्त्रण गर्ने वहानामा भारतीय सेना बोलाउने वातावरण तयार गर्नु नै उनीहरुको उद्देश्य थियो । यसको लागि उनीहरुले सुरक्षा निकायलाई गोली चलाउन बाध्य गराए । मान्छे मारिउन् र उत्तेजना फैलियोस् । यस्तो दुष्कार्य गर्न उनीहरु केही हदसम्म सफल भए र अहिले पनि प्रयास जारी छ । भारत प्रायोजित तीन हप्ते आतंकमा भारतको निर्देशनमा चल्ने टिभी च्यानल र पत्रिपत्रिकाहरुले तराई बलेको जस्ता अनर्गल प्रचार गरे । प्रेस स्वतन्त्रताको नाममा आफ्नै मातृभूमिलाई बेच्न तयार साहुजीहरुले चलाएका यी प्रचारयन्त्रहरुले नेपाली जनमानसलाई अन्योलमा पारेका छन् । पत्रपत्रिकामा लेखेपछि पत्याउने सोझा नेपाली जनतालाई यिनीहरु देशद्रोही हुन् भन्ने के थाहा ? आगो लगाउने हिंसामा उद्यत गिरोहलाई कसरी आन्दोलनकारी भन्ने फेरि मधेसी भनेका को हुन् ती कुनै जाति समुदाय केही पनि होइनन् । यो मधेसीको नारा चलेको धेरै भएको छैन । अनि यिनीहरु थिचोमिचोको कुरा गर्छन् । नेपालका तराईबासीहरु मध्ये जसले आफूलाई मधेसी भन्छ त्यो वास्तवमा भारतको मध्य प्रदेशबाट आएको एउटा सानो समूह रहेछ । पछि यिनीहरुले साम्प्रदायिक भावना फैलाउन अरु जातिकाहरुलाई आफ्नै समूहको भनेर आकर्षित गर्न थाले । यी आज जो मधेसीको नाममा नेतृत्व लिन खोजिरहेका छन् वास्तवमा यिनीहरु नागरिकता किनेर नेपाली बनेकाहरुको समूह हो । हाम्रो तराईका बासिन्दा भनेको वास्तवमा थारु सतार दरे मण्डल राजवंशी मुसहर आदिहरु हुन् । त्यसपछि पछि आउनेमा केही यादव बाहुन र मुसलमानहरु हुन् । अहिले मधेसीको नाममा कुर्लिनेहरु त भारत र नेपाल दुवै देशको नागरिकता लिएर बसेका छन् । पहाडबाट आउनेहरु त नेपालको जन्मकालदेखि नै लेकबेसी गर्दैआएका हुन् । तराईमा बस्ने यिनीहरुको अनुहार र त्यहाँका आदिबासी अनुहारमा कुनै फरक छैन । अहिले कथित मधेसीमा समग्र तराईलाई समावेश गर्न खोज्नु स्वयम्मा हाँस्यास्पद र नेपालको तराईको अस्तित्वलाई मास्ने र भारतबाट आएकाहरुको आधिपत्य तराईमा स्थापित गर्न खोज्ने प्रयास हो । - मदन रेग्मि, जनधारणा पत्रिकाबाट साभार
Read Full Discussion Thread for this article