Posted by: pire February 15, 2007
Who Is Kiran Sitaula Again?
Login in to Rate this Post:     0       ?        
हन प्रभु, मलाई मित्रगण भनेको कि चम्चा भनेको भन्या? अनि त्यो सब्बै लिंकमा बिश्वन्तरको के के आलेख पो छ, के हो तेस्तो।यो राहुलभाईले फेरि मलाई चम्चा भन्या'त हैन? धरोधर्म त्यो परमेन्द्रजिको सुक्को खा'छैन। वहाँले अरुलाई गाली गरेको पढ्दा क्या मजा आउँछ र मात्र यसो एप्रीसियट गर्दिउँ भनेर। कहिले कसलाई गाली गर्दियाछ, कहिले कसलाई स्क्र्यु यु भन्दियाछ,कहिले के माग राख्दियाछ, कहिले कुन नेता सँग गफ गरेँ भन्दियाछ, कहिले कहाँ भाषण गरें भन्दियाछ, आफ्नो जम्मै भाषण राख्दियाछ,तपाइले यसो फुर्सद मा पढ्नुस न रमाइलोको लागि भगतजिको लेख। आज सम्म मैले गाली खाछैन र पनि होला, मलाई त रमाइलै लाग्छ, आज त झन वहाँको अटोबायोग्राफि पनि पढें। अँग्रेजी त क्या खतरा छ सोमको अझ।वहाँको हजुरबाले कृषि उत्तम, बेपार मध्यम, चाकरी निम्नभिखारी खत्तम भन्यारे भन्दा त म कस्तो हासे। गोरि लभ हानेर छोडिस्यारैछ।अनि हजुर्बाको डेड्से बिघा जमिन रे, अलिअलि हो? आखिर नेता हुने त हुनेखानेकै सन्तान हुन भन्ने मलाई थाहा थियो। आ राहुलभाई, मलाई त धरोधर्म प्रजातन्त्र रहेसम्म जो प्रधानमन्त्री, मन्त्री भए पनि मतलब छैन। नगरी खान पाइन्न के रे जो आए पनी। यत्ति हो, चुपचाप दोकान गरेर खाइराको बेला 'लौ, आज बाहुन र नेवार को फाइट छ, भाग नत्र तलाई काट्लान वा लौ आज पहाडिया र मधेसिको फाइट छ, हिड जाउँ दुइ चार वटालाई सुइंक्याउन' भनेको सुन्ने दिन नआओस। तेत्ति हो।
Read Full Discussion Thread for this article