Posted by: shobhast February 15, 2007
' कही तपाईं भ्यालेन्टाइनको भावना प्रती अन्याय त गरी रहनु भएको छैन '?
Login in to Rate this Post:     0       ?        
'ए माना मेरी जा मोहब्बत सजा है ,मगर इस्मे इतना मजा किसलिये, वो जो बेकरारी अबतक इधर थि ,वही बेकरारी उधर किसालीए` हिन्दी फिल्म को यो पुरानो गीत मा जस्तो माया सजा पनि हो र मजा पनि । माया समुन्द्र हो ,माया मरुभुमी पनि,माया पानी हो माया आगो पनि।आफ्नो मायालुसङ् मिलन हुदा माया ले चांदनी झै सितलता दिन्छ भने,मायालुसङ् टाडा हुंदा मायाले डडेलो बनि पिल्साउने गर्छ । हिर राझा, सिरी परहाद ,लैला मजनु,रोमी जुलिएट माया का यस्ता देवदुत हुन जस्ले माया भन्ने शब्द लाई पुरकता दिए । जुन युग मा माया लाई जघनिंय अपराध मानिन्थियो त्यो युग मा माया का यी योद्धाहरुले माया गरेर मायाको लागि आफ्नो जीवन बलिदान गरेर सांचो माया गर्नेहरुको माझ अनुपम उदाहरण प्रस्तुत गरेर गये।।बिस्व पक्षिमी सभ्यतामुखी भएको छ ।पक्षिमी देश ले जे गर्छ तेही गर्ने लहर अनुसार चिन, भारत्,पाकिस्तान ,बङला देश जस्ता एसियाली देश संगै हामी नेपाली ले पनि भ्यालेन्टाइन डे लाई प्रेम पर्व को रुप मा मनाउन थालेका छौ ।यो दिन कतै कोहि माया को प्रतिक स्वरुप आफ्नो प्रिय साथी अथवा मायालुलाइ बिभिन्न उपहारहरु दियेर आफ्नो अब्यक्त भावहरु पोखि रहेका हुन्छन् भने कतै कोहि पिकनिक पार्टिहरु आयोजना गरेर मस्तिमा झुमि रहेका हुन्छन तर पनि सायद हामी मद्धे धेरै थोरै लाइ थाहा होला कि यो भ्यालेन्टाइन डे कुनै प्रेमि प्रेमिकाको सुखद प्रेम कथाको आधरस्तंभ होइन ।यो त एउटा क्रुर राजा को अन्याय र एउटा पदारी को त्याग र बलिदान को कथा को प्रतिबिम्ब हो ।रोमन कालमा हिटलर जस्तै अर्को एउटा युद्ध पिपासु क्लाडियस भन्ने राजा थिये।जस्को महत्वकांक्ष्याको कुनै सिमा थियेन।उ सन्सार भरि नै आफ्नो बिजये झन्डा गाडन चहन्थियो। हजारौ युवाहरु उस्को महत्वकांक्ष्याको भेट चढि सकेका थिए ।एकपल्ट सैनिक सेवामा लागि सकेकाले पुन: आफ्नो परिवार लाइ भेटन पाउंछ भन्ने कुरा असम्भव जस्तै थियो,जस्ले गर्दा युवाहरु सैन सेवामा जान आन्कानि गर्न थाले।युवाहरु सैन सेवा मा जान नचाहनुको कारण परिवारको मोह नै हो भन्ने ठानेर क्रुर क्लाडियस ले राज्यमा विवाह प्रथा मा नै रोक लगाइ दियो ।अब राज्य मा श्रीमान श्रीमती भन्ने शब्द को अर्थ नै रहेन ।कसैले लुकेर विवाह गर्‍यो भने पनि विवाह गर्ने विवाह गराउने पादरी दुबै ले मृत्यु दंड को सजाए भोग्न पर्ने भयो । क्लाडियसको यो कानुन बिधिको बिधान भन्दा बाहिर र आमानविय थियो।भ्यालेन्टाइन भन्ने एउटा युवा पादरीलाइ यो अमानविय कानुन स्विकार्य भयेन।ति युवा पादरी ले आफु जस्तै युवाहरु को आंसु पुच्छन लुकाइ लुकाइ युवाहरुको बिबाह गराइ दिन थाले।एक रात लुकेर एक्जोडी युवा को विवाह गराइरहेको बेला भ्यालेन्टाइनलाई क्लाडियेसका सैनिक ले बन्दी बनाएर क्लाडियेसको अगाडि ल्याए, क्रुर क्लाडियेसले युवा प्रेमी का मसिहा भ्यालेन्टाइनलाई मृत्युदण्डको सजाए सुनायो ।१४ फरबरी सन २०७ ई को दिन भ्यालेन्टाइनलाइ मृत्युदण्ड दिने दिन तोकियो । जेल मा कस्टकर जीवन बिताइरहेको बेला जेल को एक पदाधिकारी को छोरी जुलियासङ भ्यालेन्टाइन को प्रेमसंबन्ध प्रगाड हुनपुग्यो।जति जति १४ फेब्रररी नजिक आउदै गयो तेति भ्यालेन्टाइन का समर्थकहरु र जुलिया को आंखाबाट आंसु को भेल बग्न थाल्यो।सबै जनताहरु' भ्यालेन्टाइन निर्दोस छ `भनेर चिच्च्याइ रहे तर क्लाडियेसको क्रुर सैनिकहरुले कुरुरता पूर्वक कुटी कुटी निर्ममतापूर्वक भ्यालेन्टाइन को बध गरे । आफ्नो प्राण जान भन्दा अघी भ्यालेन्टाइनले जुलिया सहित आफ्नो सबै समर्थकहरु लाई आफ्नो यो मृत्यु दिनलाइ शोक दिवशको रुपमा नमनाइ प्रेम र उत्सव को प्रतिक को रुपमा मनाउन अनुरोध गरेका थिए ।मृत्यु पश्चात भ्यालेनटाइन को लाश लाइ रोमको जुन चर्चमा गाडीयो त्यो चर्च पछि गएर 'चर्च आव प्राक्सिडिस`को नामले प्रसिद्ध भयो र ति प्रेम र मानवताको पूजारी को अन्तिम इच्छा स्वरुप त्यो दिनलाई शोक दिवश नमानी उन्कै नाममा हर्ष र उल्लासको साथमा मनाउन थालियो । यसरी एउटा मसिहा को मृत्यु को दिन लाई प्रेम पर्वको रुपमा बिस्तारै अन्य मुलुक साथै हामी नेपालीले पनि मनाउन थालेका छौ।कुनै पनि पर्व उत्सव मनाउन नराम्रो कुरा पक्कै होइन, तर बिचारणीय कुरा के हुन जान्छ भने हामी ले जुन पर्व जुन उत्सवलाइ अङिंकार गरेर हिडी रहेका छौ के हामी तेस्को मुल्य र मान्याता अनुसार चली रहेहा छौ त?या फेशन को लागि मात्र चकलेट र ग्रीटिंग्स बाडेर त्यो पवित्र आत्मा को उपहास उडाइरहेकाछौ?आज माया सजिलो अनि सस्तो भयेको छ।आज् माया क्षणमा लाइन्छ क्षणमा तोडिन्छ।आफ्नो सुबिधा र स्वार्थ अनुसार मन जोडिन्छ अनि तोडिन्छ ।तसर्थ कसैलाई आफ्नो भ्यालेन्टाइन रोज्न अघी एकपल्ट त्यो माहान आत्मालाइ अवश्य सम्झनु होला साथै धुर्व जी को यो गीत लाइ पनि- 'माया सधैं नै चोखो सत्य र अमर हुन्छ्,बरु कोइ मायालु नै झुटो र झुटो हुन्छ, मायालुहरु मरेर मर्दैन मायाहरु,लास माथि पनि मांया बाचीं रहेको हुन्छ `।अस्तु
Read Full Discussion Thread for this article