Posted by: happy days February 15, 2007
आइसीआरसीद्वारा ८ सय १२ बेपत्ता नागरिकको सूची सार्वजनिक + नाम सहित
Login in to Rate this Post:     0       ?        
रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)की नेपाल प्रमण्डल प्रमुख मारी वन्र्जले सशस्त्र संघर्षका बेला बेपत्ता बनाइएका ८ सय भन्दा बढी मानिसको अवस्थाका बारेमा आफ्नो समितिलाई पूर्ण जानकारी भएको बताउनुभएको छ। बेपत्ता पारिएका हरेक मानिसका घरमासमेत पुगेर गरिएको अनुसन्धानका आधारमा आइसीआरसीले ८ सय १२ जना बेपत्ताहरुको अवस्था सार्वजनिक गरेको छ। यसबारे आफ्नो अनुभव सुनाउँदै नेपाल प्रमण्डल वन्र्जले बेपत्ता परिवारहरुको धैर्यको अन्तिम सुनुवाईका लागि सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले सरकार र माओवादीले कात्तिक २२ गते गरेको सम्झौतामा बेपत्ता पारिएकाहरुका विषयमा एक उच्चस्तरीय आयोग गठन गर्ने प्रतिवद्धताअनुसार आयोग बनाउन थाल्नुपर्ने बताउनुभयो । उहाँले बेपत्तासम्बन्धी मानवीय पीडा अन्त्यका लागि ठोस कार्य गर्नसमेत सरकारसँग आग्रह गर्नुभयो । आइसीआरसीले सार्वजनिक गरेको बेपत्तासम्बन्धी सूचीमा १८ वर्ष मूनीका ९६ जना र महिला ६८ जना रहेको बताइएको छ। आइसीआरसीले नेपालको कानुनमा बेपत्ता पारिएकाहरुको अवस्थाका बारेमा उल्लेख नगरिएकाले उनीहरुले अर्को ठुलो समस्या बेहोर्नु परेको जनाएको छ। बेपत्तानागरिकको सूची
Read Full Discussion Thread for this article