Posted by: krk_nepali February 14, 2007
बोष्टनमा नयाँवर्ष धूमधाम मनाइने र नयाँ कार्य थालिने
Login in to Rate this Post:     0       ?        
बोष्टनमा नयाँवर्ष धूमधाम मनाइने र नयाँ कार्य थालिने कृष्णराज खनाल फेब्रुअरी १३ बोष्टन, अमेरिका । नयाँवर्ष २०६४ लाई ग्रेटर बोष्टन नेपाली समाजले शान्तिवर्षका रुपमा धुमधामसाथ मनाउने निर्णय गरेको छ । आउँदो अप्रिल १६ सोमवारका दिन बिभिन्न नेपाली साँस्कृतिक कार्यक्रम सहित नयाँवर्ष मनाउने निर्णय हिजो यहाँ बसेको सो समाजको बैठकले गरेको हो । कार्यक्रमलाई ब्यवस्थित र भब्यरुपले सम्पन्न गर्नका लागि समाजका पदाधिकारीहरुलाई बिभिन्न जिम्मेवारी पनि तोकिएको छ । जस अनुरुप समाजका अध्यक्ष विनोद ओली र सदस्य द्वय रंजन बुढाथोकी तथा पल्लवी जोशीलाई साँस्कृतिक कार्यक्रक संयोजन, उपाध्यक्ष प्रेम तामाङ् र महासचिव जम्मो शेर्पालाई कार्यक्रम हल तथा मंच ब्यवस्थाप तोकिएको छ भने कोषाध्यक्ष्य दीपेश श्रेष्ठ र सदस्य मीन केसीलाई प्रायोजन तथा आर्थिक ब्यवस्थापको जिम्मेवारी सुम्पिएको छ । त्यसैगरी सदस्यहरु लिलाबहादुर राउत, हेम पुन र बिष्णु कार्कीलाई रात्रीभोज तथा धन श्रेष्ठ, हेम पोख्रेल र शिवप्रकाश पौड्यालाई प्रचारप्रसार एवं जनसम्पर्क संयोजन गर्ने जिम्मवारी दिइएको छ । परम्परागत रुपमा लामो समयदेखि प्रत्येक वर्ष मनाइदै आएको नयाँवर्षको कार्यक्रममा यसपटक सहयोग स्वरुप प्रवेश शुल्क टीकटमा विद्यार्थी तथा परिवारवालालाई विषेश सहुलियत दिने निर्णय पनि समाजले गरेको छ । जस अनुसार विगतको प्रवेश शुल्कमा नबढाई प्रतिब्यक्ति पच्चीस नै कायम गरिएको र परिवारका दोस्रोदेखि क्रमशः अन्य सदस्यका लागि प्रतिब्यक्ति पन्ध्र डलर मात्र र विद्यार्थीका लागि १८ डलरमात्र प्रवेश शुल्क निर्धारण गरिएको छ । बोष्टन वरपर बसोबास गर्ने सबै नेपालीलाई कार्यक्रममा उपस्थित भइदिन पनि समाज अनुरोध गरेको छ । कार्यक्रममा प्रायोजकहरुलाई प्रेरित गर्ने उद्धेश्यले तीनसय डलरभन्दा बढी सहयोग उपलब्ध गराई प्रायोजन गर्ने प्रायोजहरुलाई कदरपत्र सहित सम्मान गरिने निर्णय पनि समाजले गरेको छ । त्यसैगरी हिजोकै बैठकले सदस्य शिवप्रकाशको GBNC Education Foundation ग्रेटर बोष्टन नेपाली समाज शैक्षिक कोषको प्रस्तावलाई सर्वसम्मतिले निर्णय गरको छ । जस अन्तर्गत नेपालमा युद्धपीडित तथा असाहाय बालबालिकाका लागि प्रत्येक वर्ष दुई बिकाश क्षेत्रका दुई विद्यालयमा अक्षयकोष स्थापना गरिने छ र सोबाट छात्रवृत्ति प्रदान गरिने छ । सो शैक्षिक कोषका लागि समितिका सदस्यहरुले मासिकरुपमा निश्चित रकम जम्मा गर्ने निर्णय पनि समाजले गरेको छ । "मातृभूमिका लागि महिनाको आधा घण्टा" भन्ने नाराकासाथ सो बराबरको रकम अथावा महिनाको कम्तिमा पाँच डलर उक्त कोषका लागि उपलब्ध गराइ दिन पनि समाजले सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल पनि गरेको छ । यसलाई ब्यवस्थित रुपले संचालन गर्नका लागि छिट्टै एक समिति पनि गठन गर्ने र समाजको वेभसाइट gbnc.org बाट पनि सो सहयोग रकम प्रदान गर्न सकिने ब्यवस्था मिलाउने जिम्मावारी समाजका कोषाध्यक्ष दीपेश श्रेष्ठलाई दिइएको छ । यसरी प्रत्येक ब्यक्तिबाट संकलित सानो रकमले हाम्रो मातृभूमि नेपालमा एउटा ठोस, ठूलो, दीगो र महान् परोपकारी कार्य गर्न सकिने कुरा समाजका सदस्य कवि शिव प्रकाश बताउनु हुन्छ। साभार नेपालजापान डट कम ।
Read Full Discussion Thread for this article