Posted by: Gautam B. February 13, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
कति सलल बगिरहन सक्या हुन् यी बिर्खे पनि, डाह लागिसक्यो! अलि गतिलो कविताले साथ दिनुपर्ने हो, तर नभएपछि यसैलाई टाँस्दिँदै छु, 'सेल्फ पोर्ट्रेट' नै भन्दिउँ न (के जाला र!)। साथ दिन र यो धागोलाई माथि तानिरहन मात्रै है। शीर्षक पनि फुरेन! "-------" उत्रने जमीन नपाएका मेरा कथाहरु कठै! धेरै भयो- मेरा पात्रहरुको नियतिमा म एक्लै रोएको म एक्लै हाँसेको, हो, 'भोलि सक्छु' भन्ने बाचा गर्न भुलेको छैन कुनै दिन तर, धेरै भयो- आधा कविता र चौथाइ गजल खल्तीमा बोकेर हिँडिरहेको ।
Read Full Discussion Thread for this article