Posted by: Mitra 2 February 13, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
विश्वन्तर जी, तपाईका उच्च कोटीका विचारहरु म खोजिखोजि पढ्छु। धर्म, राजनीति, विज्ञान, साहित्य जस्ता हरेक विषयमा तपाईको निपूर्णता झल्किन्छ। यो तपाईको प्रसंसा होईन, केवल कृतज्ञता हो। आफ्ना यी अमुल्य कुराहरुलाई बाँडिरहनु होला। साथमा मेरो प्रश्न पनि छ। तपाईले माथि एक ठाउमा हाम्रा पुर्खाहरु विकसित थिएनन् भन्नु भयो। हो, म पनि मानव विकासको विज्ञानमा विस्वास गर्छु। तर कतिपय पहिलेका कुराहरु अझै पनि सशक्त छन्। उदाहरणको लागि – बुद्धले सिकाएका आर्य अष्ठाङ्गिक धर्म मार्ग, पतञ्जलीको योगा, आयुर्वेद आदि। अझ मलाई भारतीय शास्त्रिय संगीत र नृत्य पनि खुब मन पर्छ तर ती कति पुराना हुन थाहा भएन। बुद्धले सिकाएको ध्यान पूर्ण छ, यसमा घटाउनु पर्ने र जोड्नु पर्ने केही छैन भन्ने त मैले तपाईबाट पनि सुनिसकेको छु। पतञ्जलीको योगा सुत्र नि त्यस्तै पूर्ण छ भन्छन्। आयुर्वेदको बारे त भर्खर खोजी हुन थालेको छ। यस हिसाबले त हाम्रा पूर्खा हामी भन्दा विकसित ठहरिएनन् र? अहिले कम्पयुटरको File Encryption (cryptography) technology Julius Caesar को १५०० वर्ष पुरानो algorithm मा आधारित छ। गणित देखि साहित्य, कला जस्ता कुरा पनि पुर्खालाई नै श्रेय दिनु पर्ने छन्। उनीहरुले सिकाएको सरल सुत्र पनि पालान गर्न गाह्रो छ अहिलेको पुस्तालाई। अब हामीले कसरी आफूलाई विकसित मानौ त?
Read Full Discussion Thread for this article