Posted by: Ignitor February 12, 2007
Exceptional Rana - जगदीशशमशेर
Login in to Rate this Post:     0       ?        
- http://www.kantipuronline.com/Nepal/sambad.php Some Excerpts of the interview: - नेपालमा सदियौ“देखि चल्दै आएको प्रथामा परिवर्तन आएको छ । त्यो पनि सशस्त्र क्रान्तिले ल्याएको परिवर्तन हो । आजको नेपालको राजनीतिक मूलधार भन्नु नै क्रान्तिकारी धार मात्रै हो । यर्सथ, हाम्रो पर्रि्रेक्ष्यमा राजनीतिक मूलधारलाई क्रान्तिमुखी राजनीति भन्न सकिन्छ । - '९० को दशकको असफल संसदीय अभ्यास, असक्षम शासन प्रणाली र भ्रष्ट राजनेताहरूको क्रियाकलापमा परिवर्तन आउनर्ैपर्छ । त्यसैले क्रान्तिकारी मूलधारमा हिजोका दलहरू पनि आउनर्ुपर्छ । माओवादी नेतृत्वले त यही धार लिएर संसदीय प्रणालीमा प्रवेश गरेको हो । यसलाई निरन्तरता देला नै । - यदि तपार्इंको प्रश्न राजदरबारमा भएको 'जेठ १९' को घटनातर्फइङ्गित छ भने त्यसका पछाडि पनि ठूलो पृष्ठभूमि छ, जुन अहिले भन्न असम्भव छ । किनभने, त्यो घटना एकैछिनमा गरिएको निर्ण्र्ााे हुने होइन । - ०१५ सालमा महेन्द्रले चुनावको स्थिति बुझ्न देशभर टोली खटाए । परि णाम मिश्रति आउ“छ भन्ने भएपछि मात्रै चुनावको घोषणा गरेका हुन् । किनभने, राजाको मानसिकता शासन गर्ने थियो । जहा“सम्म बीपीस“गको आत्मीयताको कुरा छ, गाईको नजिक नपुगी ब्वा“सोले कन्याउन सक्दैन । नकन्याई गाईको आन्द्राभु“डी लुछ्न सक्दैन । ब्वा“सोको अन्तिम लक्ष्य त गाईको आन्द्राभु“डी लुछ्नु नै हो । राजा महेन्द्र र बीपीबीचको सम्बन्धमा पनि भएको यही हो । - बढ्दो हिंसात्मक गतिविधिले नेपालको भविष्य कता उन्मुख भएको सन्देश दिइरहेको छ ? सरल कुरा, राजतन्त्रको अन्त्य हुन्छ । देश गणतान्त्रिक हुन्छ । गणतन्त्र शुरू भएपछि सदियौ“देखि राज्यसत्ता, जग्गा-जमीन, हक ओगटेर थिचोमिचो गरेर बस्ने प्रथाको अन्त्य हुन्छ । सङ्र्घष्ामा प्रतिशोधको भावना रहला । प्रतिकारको प्रयत्न होला । तर, जनक्रान्तिलाई रोक्ने तागत कसैस“ग हुनेछैन । देशको भौतिक, राजनीतिक, सामाजिक र आर्थिक साधनको भागबण्डा सबैले खोज्छन् । टुटफुट, विशृङ्खलता र विभाजन जरुर हुन्छ । फूलबारीका फूलहरू चारैतिर छरिन्छन् । तिनलाई समेटेर साझा फूलबारीको रचना गर्नु नै वर्तमानको हाम्रो मुख्य चुनौती हो । अहिलेको नेतृत्वले सङ्र्घष्ा ल्याए पनि, क्रान्ति सच्याए पनि, जनक्रान्ति र सङ्र्घष्ामा नै नया“ नेतृत्व पैदा गर्ने क्षमता हुन्छ । यसरी नै क्रमशः स्थापित र विस्थापित नेतृत्वहरू उदाउने र बिलाउने हुन्छन् । यही हो देशको गति र प्रगतिको प्रक्रिया । - http://www.kantipuronline.com/Nepal/sambad.php
Read Full Discussion Thread for this article