Posted by: Mitra 2 February 11, 2007
No Land for Nepali
Login in to Rate this Post:     0       ?        
हामीहरुले अब सबै (पजलका) टुक्राहरु जोडेर आफैलाई शिक्षित बनाउनु पर्ने बेला छ। राष्ट्र सबैको केन्द्र बिन्दु हुनु आवश्यक छ। नेपालमा घटेका हरेक विषयलाई केलाएर हेर्दा औला एउटै ठाउमा पुग्छ – भारत। त्यसैले हामी बेलैमा सचेत नहुने हो भने हामीले ठूलो नोक्सान ब्यहोर्नु पर्नेछ। हामी एक हुंदा भारतले केही गर्न सक्दैन। ’९० को नेपाल-भारत नाकाबन्दी नेपाली एक भएर प्रतिकार गरेको हुनाले भारतले घुंडा टेकेको हो। त्यसैले भारतले नेपालमा कहिल्यै सिधा हस्तक्षेप गर्दैन भन्ने मलाई लाग्छ। तर अप्रत्यक्ष रुपमा उसको हस्तक्षेप कायमै रहन्छ जब सम्म उसको भलाईमा हामीले सन्धि सम्झौता गर्दैनौ। भारत कसरी नेपालमा खेल्दैछ त? नाकाबन्दी असफल भएपछि ’४६ को आन्दोलन लिएर आयो। ’५२ मा माओवादीको रुपमा आयो। दरवार हत्याकाण्डमा नि उसको भुमिका छ भन्ने ज्ञानेन्द्रका भारतीय ईशारमा गरेका निर्णयहरुलाई हेर्दा प्रष्टिन्छ। आठ पार्टीहरुको आन्दोलन भारतकै मातहतमा भएको प्रष्टै छ। मधेसिहरुका लागि त भारत मामा घरै भो। अब खतरा के छ भने – नेपालीले असफल पारेको भारतीय नाकाबन्दी अब केवल मधेसिलाई उक्साउदा मात्र सफल हुने पक्का छ। यस्तो अवस्थामा हामीले आवेशमा आएर हैन, हतारिएर हैन – संयमित भएर देशको रक्षा गर्नु पर्छ। एउटा सत्य कुरो, सबै पार्टीमा, सबै जातीमा, सबै धर्ममा, सबै क्षेत्रमा आबद्ध नेपालीहरु राष्ट्रप्रेमी पनि छन र गद्दार पनि छन। गद्दारहरुलाई अल्पमतमा पार्नु पर्छ। त्यसैले पार्टी, जात, धर्म, सम्प्रदाय, र क्षेत्रीय कुराहरु अहिले गौण हुनु पर्छ। त्यसैले समस्याको एक मात्र जड राजा भनेर हामी दौडन छोडेर (तर समयमा त्यसको पनि सोचबिचार गरेर निर्क्यौल निकालौला), अरु सम्भाबित कमिकमजोरी हरुलाई पनि बहस गरेर भावी नेपालको निर्माणका लागि तयारीमा लाग्नु नै बुद्दिमत्ता हुन्छ। अशोक मेहताको कुराबाट यो प्रष्ट हुन्छ कि भारतके गिद्धे दृष्टि नेपालको जलश्रोत प्रति लक्षित छ। अबको २० वर्षमा संसारको शक्तिसाली देश हुन भारतलाई अहिलेको भन्दा ५ गुणा बढी इन्धन या शक्ति (ईनर्जी) को आवश्यकता पर्छ। सबैलाई थाहै छ आणविक शक्ति क्षणिक समयाका लागि मात्र हो। त्यसमाथि संसारभरि नै स्वच्छ ईन्धनको प्रयोगका लागि चर्काचर्कि बहस भैरहेको छ – ग्लोबल वार्मीङ घटाउन। यस्तो अवस्थामा हिमालबाट निरन्तर बगिरहने जलश्रोत (जो वातावरणको लागि उपयुक्तर छ) भन्दा भारतलाई अर्को बिकल्प के छ? त्यसैले हामी हामी लडेका छौ – कहिले माओवादीको नाममा, कहिले राजाको नाममा त कहिले मधेसिको नाममा। अब हामीले अर्को एउटा आन्दोलन गर्न बांकी छ – त्यो हो नेताहरुको बिरुद्ध। जसरी राजालाई घेरेर शाहवंशको अन्त्य हुने अवस्था आयो, त्यसरी नै असमान सन्धि गर्दा आफ्नो बर्वादी हुन्छ भन्ने नेताहरुलाई बुझाउनु आवश्यक छ। जसरी नागरिकताको विषयमा कसैले बोल्ने आंट गरेन, शन्धिको हकमा नि त्यस्तै नहोस। हामी नेपाली त्यसको लागि सावधान हुनु पर्छ। युद्ध र आन्दोलनले १० औ वर्ष पछि धकेलिएको नेपाललाई सन्धि गर्न केहि हतार छैन र भारतलाई संसारमा प्रतिस्पर्धा गर्न समयको धेरै ठूलो महत्व छ। हामी हामी मिलेर नेपालमा शान्ति कायम गर्न सक्ने हो भने जति पनि लगानिकर्ताहरु नेपाल आउछन विद्दुत उत्पादनको लागि। चलेको बजार भाउमा हाम्रो विधुत शक्ति बिक्रि गर्न पाउने ब्यवस्था भयो भने त्यो नै हाम्रो देश विकासको पुर्वाधार खडा गर्न काफी हुन्छ। त्यसैले नेपालको खासगरी युवा पीडिले टायर बाल्न छोडेर तर्क गर्न र अरुलाई बुझाउन आफ्नो ब्यक्तिगत शक्ति खर्च गर्नु पर्छ। पैसाको श्रोत मात्र भयो भने बाहिर बिकास भैसकेका टेक्नोलोजीलाई ल्याएर हाम्रो सुन्दर देशलाई अघि बढाउन केही ठूलो कुरा छैन। हामी होशियार हुंदा मात्र पनि हुन्छ। मलाई अशोक मेहताको कुराबाट दुःख भन्दा मदन रेग्मीको कुराबाट धेर सुख प्राप्त भो। अहिलेको अवस्थामा राष्ट्र र राष्ट्रियता प्रमुख र अरु कुरा गौण हुनु पर्छ। जब यो अस्थिरता सकिन्छ, अनि ति गौण कुराहरुलाई सम्वोधन र समाधान गर्नु पर्छ।
Read Full Discussion Thread for this article