Posted by: himaliketo February 10, 2007
Nepali Dohari in American land
Login in to Rate this Post:     0       ?        
दोहरी गीत केटा:बीदेशमा भेट भो नेपालीकी छोरी आफनै जस्तो लाग्यो मलाइ गासौ न मायाको डोरी के छ बिचार? अमेरीकामानै बसाओउ घर बार. केटी: बीदेशमा भेट भो नेपालको छोरा नजानिकनै माया गास्दा चुडी जाने डर छैन बिचार, २,४ सालमा नेपाल फर्की बसाओउ घर बार केटा:पाहाड जस्तो मन तिम्रो हिमाल जस्तो छाती मेरो सन्सारमा आये कस्तो हुन्थ्यो जाती के छ बिचार? अमेरीकामानै बसाओउ घर बार केटी:झरना जस्तो रैछ तिम्रो चन्चल मन पाहाडमा जन्मेकी हु,डुलेकि छु बन छैन बिचार, २,४ सालमा नेपाल फर्की बसाओउ घर बार केटा:डाडा पाखा दौडेको छु अझै बिझि रा'छ काडा शहरमै हराये अब सक्दिन जान टाढा के छ बिचार? अमेरीकामानै बसाओउ घर बार केटी:सात समुन्द्र तरि आये पराइको गाउ नेपालीपन् रै'छ तपै मा के पर्यो त नाम् छैन बिचार, २,४ सालमा नेपाल फर्की बसाओउ घर बार केटा:नाम मेरो देब हो भन्छन डेबिड नेपाल फर्के भने त चड्न गारो छ चुरे पाहाड के छ बिचार? अमेरीकामानै बसाओउ घर बार केटी:भर्खरै हो आयेकी हेर्नुछ शहर मलाइ पनी गाउ फर्कने त छैन रहर छैन बिचार, २,४ सालमा नेपाल फर्की बसाओउ घर बार केटा:दु:ख,सुख,काम दाम रमाइलोनै हुन्छ आफ्नालाइ सम्झ्यो भने मन तेसै दुख्छ के छ बिचार? अमेरीकामानै बसाओउ घर बार केटी:तीमी दिनु साथ मेरो,म दिन्छु तिमिलाइ बिस्वास गर्छु आफ्नै सम्झी जुनी जुनीलाइ के छ बिचार? अमेरीकामानै बसाओउ घर बार केटा:नेपाल कि छोरी तिमी,म नेपाल को छोरा सुख दु:ख बाडौला गनौला जुन तारा के छ बिचार? अमेरीकामानै बसाओउ घर बार दुबै:आज हम्रो भेट भो भाग्य को खेल हो अमेरीका आब हाम्रो कर्म थलो भो के छ बिचार? अमेरीकामानै बसाओउ घर बार
Read Full Discussion Thread for this article