Posted by: Birkhe_Maila February 9, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
अलि दिन भएछ यो धागो नदेखिएको। त्यसैले एउटा थप्दै छु! बाध्यता- मैले हत्केलाले छोप्न खोज्दा खोज्दै फुत्त निस्केर भागेको, कुनै उड्दै गरेको सिमलको भुवा जस्तो तिम्रो माया; उड्दै उड्दै हावाको तालमा, पटक पटक कालावाजी खाँदै, तातो स्पर्शको क्षणिक मादमा, घाम घाम चुलिँदै र ढल्किँदै, चिसो भुइँमा बजारिँदा, मेरो हत्केलाको ताप, अचानक पग्लन्छ; मेरो आँखाबाट! साथका अनेक आयामहरु, एक एक गर्दै केलाउँदै जाँदा, सिधा बाटोको परिभाषा गलत बनिदिन्छन कुनै मोडमा; जहाँ दायाँ कतै पर, प्रेम झुपडि मैले नियाल्दा, बायाँको रंगि चंगि बलौटे महलतिर तिम्रो पाइला बढ्छन्, र म फगत जड बनिदिन्छु; प्रेम झुपडिको झिंगटी संगाल्दै! ढोका खोल्ने बेला भएको, बिहानीको कुनै, खुद्रा पसल जस्तो मेरो जवानी; झिसमिसेमा तिम्रो साँचो हराउँदा, एकछिन रनभुल्लमा पर्छु। चाहँदा नचाहँदै पनि, मेरो सामु कुनै नयाँ ढोका खुल्छ, र म भित्र पस्छु; टाढा कतै हराएको साँचो हातमा लिएको उदास तिम्रो मुहार हेर्दै!!!
Read Full Discussion Thread for this article