Posted by: Rahuldai February 9, 2007
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
यही मेलम्ची को आदमा ज्ञाने ले त राजनीती गरे भने, एक दुई जना साझा मा बिकास बिरोधी कपुतहरु जन्मिनु कुनै आश्चर्यको कुरो भएन । कोरियन कम्पनि हानेल कोनेको ले निर्धारित समय अबधीमा केवल् १७ % मात्र काम् पुर गरेको ले पटक् पटक् सचेत् गराउदा नि काम् पुरा गर्ने चेष्टा नगरेको ले सुर्य बहादुर् को पालामा ठेक्क पट्टा तोड्ने कार्य भएको हो। सार्बजनिक् निर्माण् नियामावलि तथा एशियालि बिकाश् बैंकको निर्माण कार्य सम्बधि नियम् अनुसार् पुन: टेण्डर् आह्वान् गर्दा र लगत् इष्टिमेटलाइ समायोजन् गर्दा कूल् लागत् बढ्न गएको र सबैभन्द कम् रकम् मा कबोल् गर्ने टेण्डर् दाताको सदर् गर्दा करिब् ४० करोड् रकम् हानेल् कोनेको ले कबोलेको रकम् भन्दा ४० करोद् जति बढ्न गएको ठिक् सांचो हो। बुझ्नु पर्ने कुरो के छ भने त्यो टेण्डर् शर्तमा, यदि ठेक्केदार्को कमि कम्जोरिले ठेक्क पट्टा टोदी अर्को ठेक्का गर्नु परेमा पछि बढ्न गएको रकम् पुरनो ठेक्केदार् बाट् असुल् उपर् गरिने छ भनेर स्पष्ट सङ् उल्लेख्ख गरिएको छ। हानेल् कोनेको ले आफ्नो ४० करोड् र धरौटि बचाउन मेल्म्चि आयोजना नै खारेज् गर्ने हिसाब् किताब् ले भौतिक् योजना मन्त्रालयका उप सचिब् इन्जिनियर् हरिश् चन्द्र शह् ( शाहि नातेदार्) लाई उपयोग् गरि १० करोड् खर्च गरेको र तेहि निउ मा देउबा लगायत् ब्यक्तिहरि लाई थुना मा राखेक थिए। देउबा जी कति इमान्दार् थिए वा भ्रश्ट्र थिए त्यो सङ् यो लेखकको सरोकार् छैन, बहस को बिषय हुन सक्छ। तर मेलम्चि को वास्तबिकता यहि हो। अझ सजिलो को लागि म त्यो ठेक्क प्रकृया लाई गणितिय उदाहरण् दिन्छु। हानेल् कोनेको ले रु १०० को लागतको काम् ६० मा गर्छु भनेर सकार्यो तर काम् गरेन वा गर्न सकेन। नियमानुसार् र परियोजनाको समयमा तालिका लाई ध्यानमा राखी पुन: बोलपत्र आह्वान् गर्दा नया ठेक्केदार् ले रु ११० ( पुन: इष्टिमेट् गर्दा) को काम् १०६ मा सकार्यो। अब भन्नुस् होस् त्यो बढ्न गएको को रु ४६ भ्रष्टाचार् गरेको मानिन्छ? ज्ञानेको सुशासनको शान्दार् नमुना हो यो, नियन्तृत् मेडियामा यस्तो यथार्ततालाइ लुकैयो। तत्कालिन् आयोजना प्रमुख् नेपालको खाने पानि क्षेत्रको सबै भन्दा आदर्नीय र सफा ब्य्कति मानिन्छ तर बिडम्बना, देश का केहि गतिला राष्ट्रसेवक् ले नि जेलबाटै अब्काश् लिनु पर्यो, एउटा नमीठो दाग् बोक्नु पर्यो। http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=41&PageNum=3&forum=2&threadid=22826 नितु जी, कुरा बुझेर, खोजेर मात्र टिप्पणी गर्नु भए बेश हुन्छ । देउबा ले कसरी महल बनाए, कसरी पजेरो चढे, त्यो देउबा र आरजु ले जानुन र खोज को बिषय रहला । तर मेलम्ची को बारेमा ज्ञाने ले जे जती आरोप लगाए, त्यो झुठ्ठा हुन्, जस्ले बुझे नि हुन्छ । (क)शाही आयोग का प्रमुख भक्त बहादुर कोइराला र अरु सदस्यहरुले बयान दिइ सके सब ज्ञानेको आज्ञामा गरेको भनेर। मेलम्चि को बारेमा जुन् आरोप् लगाए र तपाई लगाउंदै हुनु हुन्छ, कुनै एउटा आधार् मात्र खोजेर दिनुस्, म नतमस्तक् हुने छु। मेरा यस भन्दा अघि का धागा हरु पनि पढ्नु होल, फुर्सद् छ भने, एशियाली बिकास बैंक को प्रतिबेदन् हरु पनि पढ्नु होला।
Read Full Discussion Thread for this article