Posted by: HomLal February 7, 2007
Poila Jana pam bhanne lai maile lyauna pam
Login in to Rate this Post:     0       ?        
रत्तेउली र तीज जस्ता महिलाका चाडहरु उनीहरुले ठट्टा गर्ने, उत्ताउलो स्वभाव देखाएर रमाउने परम्परा हाम्रो समाजमा चलिआएका कुरा हुन। त्यसै सन्दर्भमा कोमल ओलीको पोईल जान पाम भन्ने गीत जायज छ, जसको विरोध एउटा महिलाको समूहले गर्‍यो तर भर्खरका देखि बुढिहरुसम्मलाई यो गीतले मनोरन्जन दिएको मैले पाए। मैले ल्याउन पाम भन्ने गीत पनि सुन्दा राम्रै लाग्यो। तर केही सब्दहरु कोमल ओली प्रति लक्षित छन, जुन मलाई पटक्कै मन परेन। उमेर ४० (दुई बीस), अहिले सम्म कुमारी होलिन त भन्ने जस्ता ब्यक्तिगत आच आउने खालका कुरा राखेर गीत सम्पादन र सम्योजन मात्र हैन, भिडियो नै बनाएको चै मलाई अलिक पचेन। मेरो विचारमा त यो प्रतिभा र पैसाको नास हो। यस्ता कुराहरुमा अलिक सम्वेदनशिल हुनु पर्छ। यो गीत पिकनिकमा साथीहरु बीच गाउन सम्म मात्र ठीक होला।
Read Full Discussion Thread for this article