Posted by: Felicity February 7, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
From "Nepal", Kantipur Publiations. This is so moving! भुवन ढुङ्गाना मधेशको मोह मेरो जन्म तर्राईको विराटनगरमा भएको हो । म जस्तै जन्मभूमि तर्राई र कर्मभूमि काठमाडौ“ भएका धेरै छन् । मधेशलाई जन्मथलो र काठमाडौ“लाई कर्मथलो बनाएर मधेशी, पहाडिया, प्रतिष्ठित बुद्धिजीवी, राजनीतिज्ञहरूदेखि स-साना पेशामा लागेकाहरूको सङ्ख्या दिन-प्रतिदिन बढ्दो छ । छापाका समाचार र टेलिभिजनका दृश्यहरूले प्रश्नमाथि प्रश्नहरू थप्दै गएका छन् । यसै साताको कुरा हो । साधारण दिनचर्यामा लागेका, रोजीरोटीमा जुटेका एवम् काठमाडौ“मा पेशा गरेर बसिरहेका एक हूल तर्राईवासीकै माझमा एकछिन बसेकी थिए“ । उनीहरूले मलाई नै प्रत्रि्रश्न गरे, "दिदी, के हो - सङ्घीय राज्य व्यवस्था भनेको - समानुपातिक चुनाव प्रणाली कस्तो हुन्छ - समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कसरी तोक्ने -" मैले भने“, "म आधिकारकि मानिस होइन, न त विज्ञ नै हु“ † जुन पार्टर्ीीे नाम सद्भावना पार्टर्ीी, त्यसले सद्भावना राखेर यी सबै कुराको पहल गर्नेछ । ढुक्क हुनुहोस् ।" त्यसपछि म त्यहा“बाट हि“डे“ । मेरा लागि मधेश बाल्यकालको स्मृति बिसाउने ठाउ“ हो । तर्राईका विविध रङ आ“खामा समेटेर बसेकाहरूलाई यस कर्मभूमिमा पनि मधेशको तस्वीरले पछ्याउ“छ होला । मलाई भने जाडो महिनामा नङ्गधडङ्ग केटाकेटीहरूसित बाल्यकालमा वरपिर िस“गै बसेर 'घुर' तापेको सम्झना भइरहेछ । मलाई यो पनि सम्झना छ, जाडो महिना मधेशको पारलिो घाममा उखुका ला“क्राहरू चुस्दै चरमर चरमर ध्वनिका साथ हामी परालको कुन्यूमाथि बसेर कच्ची सडक ओहोर-दोहोर गथ्र्यौं । समानान्तर जीवनमा हाटमेला भर्नेहरू, टाउकोेमा सन्तुल राखेर भारी बोक्नेहरू, चिउरा कुट्नेहरू, खेत खलिहानमा धान निफन्नेहरू अहिलेको यो अशान्त मधेशलाई हेरेर के गररिहेका होलान् - उनीहरूका काला, चम्किला आ“खाहरूमा कस्तो नया“ नेपाल निर्माणको सपना छ - हो, मेरा संवेदनाका हरफहरू जन्मभूमिको स्मृतिमा कतै हराउन सक्लान् । त्यही स्मृतिको बोझले म थिचिन सकु“ला । तर, अहिले म त्यो 'घुर' को ताप होइन, बढी राप दिएर निभाउनुपर्ने अर्को आगोप्रति सबैलाई सजग र आ-आप\mनो ठाउ“बाट प्रयत्नरत रहन आग्रह गररिहेकी छु । अहिले मधेशतिर बलिरहेको आगो त्यो 'घुर' ताप्ने आगो होइन । त्यसैले म यतिबेला 'पहाडी मधेशी भाइभाइ सबकेउ मिलके नेपाल बनाई' राष्ट्रिय गीत नै बनोस् अनि कुनै सङ्गीतमा उनिएर जताततै घन्किरहोस् भन्ने चाहन्छु । पार्टर्ीीगरको सद्भावना मेरो पनि हो । जीवनको विविध रङ बोकेको मधेश, जहा“ आ“खाहरू यहा“का पहाडमा ठोक्किएजस्तो ठोक्कि“दैनन्, टाढाटाढासम्म हेररिहन्छन्, ती आ“खाहरू अनि मधेशमा बस्ने दाजुभाइका सोचहरू दूरदर्शी होऊन् । मेरो बाल्यकालको स्मृतिको तस्वीर धुमिल नभएर अझ टड्कारो होस् । मधेश भन्छ, उसको मन धेरै कुराबाट दुखेको छ । पर््रदर्शन जारी छ । आमजनता बन्द, हडताल, अस्तव्यस्तता र कुहिरोमा छोपिएको घामजस्तै भएका छन् । मधेशीको मुस्कान, ख्यालठट्टा गर्ने बानी सबै हराएको छ । मन हो, दुख्छ नै । यो दुखेको मनलाई तर्राईमा थरूनीले गोबरले आ“गन लिपेभै“m लिप्नर्ुपर्छ । प्याल्ल बगेर गएको गोबर एक ठाउ“मा राखेजस्तै यस मनलाई पनि बरालिन दिनुहुन्न । सफा, सिनित्त र चिटिक्क परेको गोबरले लिपेको आ“गनमा मधेशिनी आमा, दिदीबहिनीको मन रमाएभै“m हामी संयमित हुन सक्यौ“ भने मनहरू, तर्राईवासीका मनहरू दुख्ने छैनन् । मधेशको दिल दुखाउनु हुन्न । मधेशको विविध रङलाई उजागर गर्न के गर्न सकिन्छ - गरहिाल्नर्ुपर्छ । बलेको आगोमा घिउ थप्ने धेरै हुन्छन् । संशोधन, समाचार, सहमति, सद्भावना सबै 'स' बाट उठ्ने शब्दहरू हुन् । सङ्घीय लोकतन्त्रमा सबैलाई समेट्ने वातावरण बनाउन केके पहल भइरहेछ - यो आगो कहिले शान्त हुन्छ - स्पष्ट हुनर्ैपर्छ । किनभने, सामान्य जनजीवन प्रभावित छ । तर, मलाई माथि सोधिएका प्रश्नहरूका सम्भावित उत्तरहरू के हुन सक्छन् - अहिले मौन छु । प्रधानमन्त्रीको आह्वानमा विश्वास गर्दै मधेशतिरै फर्किन्छु । अहिलेलाई आफ्नो 'बालहठ' छोडिदिन्छु । --------------------------------------------------------------------------------
Read Full Discussion Thread for this article