Posted by: carkey February 6, 2007
कमरेड विधायकहरूलाई अनुरोध
Login in to Rate this Post:     0       ?        
प्रिय कमरेडहरू !यतिबेला हामी अस्थायी क्याम्पमा अभावको दैनिकी लेख्दै प्रतीक्षाको युद्ध लडिरहेछौं । पार्टर्ीी नया“ प्रकारको युद्धमोर्चा खडा गरेको छ- अन्तरिम संसद् । यो मोर्चाको अनिवार्य विजय ग्यारेन्टी गर्न ७३ जना तपाईं कमरेडलाई पठाएर विश्वासयोग्य विजयको सपना र्सवत्र बा“डिएको छ । हाम्रो पार्टर्ीीागोको भुमरीबाट स्पात बनेर जन्म्यो । एकता महाधिवेशनको एउटा भट्टीमा क्रान्तिकारी, प्रतिक्रान्तिकारी वा अवसरवादी को(को हुन् भनेर चिन्ने प्रक्रियाअनुरूप एकातिर अन्तरसंर्घष्ा र अर्कोतिर वर्गसंर्घष्ाको सुरुआत गर्‍यो । वर्गसंर्घष्ाको रूपमा संसदीय चुनावको सहभागितामा जोड दियो । आजका तपाईं ७३ कमरेडजस्तै तत्कालीन ९ जना योद्धालाई संसदीय मोर्चाको एउटा बंकर कब्जा गर्न पठाएको थियो । समग्र संसदीय मोर्चा कब्जा गरेर त्यसलाई क्रान्तिकारी रूपान्तरण गर्न सक्ने अवस्था थिएन । कमसेकम संसद्को एउटा बंकरबाट जनतालाई क्रान्तिको धुन सुनाउन आवश्यक थियो । त्यतिबेलाका योद्धामध्ये आज तपार्इंहरूका साथ कमरेड कृष्णबहादुर महरामात्रै हुनुहुन्छ । बा“की सबैले कि 'मृत्यु वरण' गरे कि आत्मर्समर्पण । युद्धका क्षण असाध्यै कठिन, दर्दनाक र पीडादायी थिए । तर पार्टर्ीीे आदेशलाई पालना गर्न जनमुक्ति सेना हप्तौं भोकै बस्न तयार भयो । तोकिएको टार्जेट प्वाइन्टमा जसरी पनि पुग्ने अभिलाषाका साथ अगाडि बढ्दा अग्ला पहाडका चुचुरा छिचोल्न नपाउ“दै हि“उमै पुरिएर सहयोद्धा गुमाउन परे पनि लक्ष्य चुम्ने उद्देश्य छोडेन । एउटै मोर्चामा सयौं साथीका लास देखेर कदापि आत्तिएन । सयौं स्ट्रेचरमा घायल योद्धाहरूलाई रातभर(रातभर अनि“दो बोकेर हि“ड्दा पनि थाकंे“ भनेर भनेन । घाइते कमरेडहरूले कैयौंपटक भने- 'साथी † कि एक ट्याबलेट ब्रुफिन दिनुस् । कि एक राउन्ड गोली हानिदिनुस् ।' ढल्न लागेको पुरानो सत्तालाई धक्का मार्ने तरिका बोकेर तपाईंहरू सिंहदरबारको भीषण मोर्चामा हुनुहुन्छ । सिंहदरबारको मोर्चामा जानुअगाडि तपाईंसामु एउटा त्यस्तो जंगल छ जहा“ तपाईंहरूलाई दुःख-कष्ट होइन, भोग-विलासको भव्य सहर प्राप्त हुनेछ । मान्नुस्, तपाईंको नया“ युद्धको जंगल यही हो । त्यो जंगलमा पाइने कुनकुन चिज खान हुन्छ र कुन हु“दैन भनेर पार्टर्ीी पक्कै सिकाइसकेको छ । तपाईंहरूका लागि सिंगमरमरले सजाएका इन्द्रेणी रङका बंगालादेखि छ“ुदै दाग लाग्ने कार स्वागत गर्न आतुर होलान् । ती सबै पशुपतिमा पाइने लड्डुबाहेक केही होइनन् जहा“ धतुरो मिसाइएको हुन्छ । हामी जनमुक्ति सेनाले यतिबेला हतियार कन्टेनरमा थन्काएका छौं । क्याम्पमा बसेका छांै, केवल तपाईंहरूको लडाइ“ विजयको प्रतीक्षामा । युद्धकालमा मृत्युको पर्वाह नगरी भोगेका व्यथालाई बिर्सिदिनु भएन भने र एक्काइसौं शताब्दीको क्रान्तिको कला र संस्कार पक्रन सक्नुभयो भने तपाईंहरूले विश्वक्रान्तिको नया“ मोर्चा जित्नुहुनेछ । ढुक्क रहनुस् त्यो मोर्चाको 'सपोर्ट' का लागि हामी 'र्एलर्ट' छौं । संसदीय संर्घष्ा, त्यो अर्को प्रकारको रक्तपातहीन युद्ध हो । त्यहा“ स्पात बनेर फुराल्ने हिम्मत गर्नुस् विजय सुनिश्चित छ । अन्यथा हामीले अहिलेका क्याम्पबाट निस्कनुपर्नेछ । - सरल ‘सहयात्री’ बेथान स्मृति ब्रिगेड
Read Full Discussion Thread for this article