Posted by: pire February 6, 2007
उमेशजीको फेरि हावा गफ
Login in to Rate this Post:     0       ?        
राहुलभाई, तपाई पनि एउटाकुरो गर्दागर्दा दशतिर पुग्नु हुन्छ, अनि तपाइले भन्ने खोजेको के भन्ने था'हुदैन। अब त्यो परमेन्द्रको कुरो किन ल्याउने भो यहाँ मलाई था'छैन। उमेशकै कुरो गरम्न। तपाईले भनेको सहि हो, प्रतिगामीहरु सलबलाइरहेका छन, ज्ञानेले पनि नछोड्ला, केयरफुल त हुनै पर्छ। तर त्यो राणा जर्नेलले भाषण दियो, त्यो पनि नेता, पत्रकार राखेर, साँच्चै कु गर्ने भए त्यस्तो गर्थ्यो होला त? त्यसमाथि पनि हाम्रो संसदले ठिक पर्न खोजिसकेको छ। अब सेना हाम्रो अन्डरमा पनि छ भन्ने, चलाउन आँट पनि नगर्ने गर्नु हुदैन, संसदले। कुनै पनि सभ्य देशमा सेन सिविलियन अर्डरमा नै चल्छ, हाम्राँ पनि त्यहि हुनपर्छ। जे भए पनि धेरै नराम्रा खबर मात्रभन्ने राम्रो कुरोहैन। 'धोका', 'षड्यन्त्र', 'जालसाचि', 'होशियार षड्यन्त्र हुदैछ' भनेको सुन्दा सुन्दा हैरान भैसकियो। हाम्रो देशै 'काफ्काएस्क' ठाउँ भाजस्तो लाग्छ यसले गर्दा। हाम्रा सांसद संग अधिकार छ, अब त्यो राणालाई तह लगाए भएन र? अधिकर भएकाले प्रयोग गर्ने आँट पनि गर्न पर्छ क्या।नत्र जनतामाथि धोका हुन्छ। जनताले अधिकार ल्याइदिने, अनि अधिकार पाउनेले चाहि प्रयोग गर्न डराउने भएर त भएन नि।
Read Full Discussion Thread for this article