Posted by: pire February 5, 2007
Why have I stayed [in Nepal]?
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा उपेन्द्र महतो पनि धेरै उदार मान्छे हो, धेरै ठाउँमा सहयोग गर्नु भा'छ वहाँले। देशको लागि गरौँ भन्ने भावना भएको मान्छे हो। तर त्यो मेरो मोबाइलमा बदनाम भाको चाहिँ पक्का हो, त्यसले गर्दा बदनाम भयो। एउटा सिराहाको साधारण मधेसिको छोराले त्यति गरेकोलाई चानचुने मान्दिन। हाम्ले मानेपनि नमाने पनि मधेशिलाई नेपालमा राइज हुन कति गार्हो छ, त्यस्तो बेला बिदेश गएर त्यत्रो पैसा कमाएर नेपालमा गएको छन। प्लस पशुपति मा किरियापुत्री घर वा देबघाटमा बृद्धश्रम आदि बनाउने भन्यो भने सधै सहयोग गर्ने। मान्छे वहाँ ठिकै हो, त्यत्रो अस्थिरत हुदा पनि नेपालमा इन्भेस्टर लैजाने, आफै पैसा लगानी गर्ने गरेर गुण लगाएको चाहि मान्नुपर्छ।तर त्यो राजाको ज्वाइ संग मिलेर मोबाइल बिजनेस गरेको चाहि ठुलो दाग हो पछिसम्म पनि। तर महाबिर सर चाहिं डेफिनिटलि बेदाग मान्छे हो, शायद वहाँले एकदिन ठुलै पुरस्कार पनि पाउनु हुन्छ जस्तो लाग्छ, नोबेल वा म्यागासेस जस्तै। हेरौं।
Read Full Discussion Thread for this article