Posted by: aman February 5, 2007
Another Natawarlal
Login in to Rate this Post:     0       ?        
देश टुक्राउन खोज्ने अर्का नटबरलालको कथा -दिनेश आचार्य (dineshac@gmail.com) अस्ती एकजना नटबरलालको बारेमा लेखेपछि मिलेको आश्चर्यजनक पर्तिकर्ीयाले मधेश आन्दोलनको अर्का नटबरलालको विषयमा लेख्न हुटहुटी लगायो । यसअघि उनका बारेमा एउटा साप्ताहिक पत्रिकाले केही साधारण जानकारी त दिएको रहेछ तर उनको पछिल्लो ब्यवहार देखेपछि मलाई उनका बारेमा लेख्न खसखस लागिरह्यो । उनको नाम हो- राजेश अहिराज । पेशाले आफुलाई निकै सिनियर पत्रकार र मधेशी एक्टीभिस्ट भन्ठान्छन । पत्रकारहरुका भेला- बैठक जहा हुन्छ उनी त्याहा पुग्छन र मधेशीका कुरा चर्का स्वरमा कराउछन । उनका कुरा मलाई ठिकै लाग्थ्यो केही अघिसम्म । उनी साच्चीकै मधेशी हितमा लागेका होलान भन्ने ठान्थे । तर यो सब भर्म रहेछ । विचरा मधेशीका नाउमा राजनीतिक गरेर कुस्त कमाउने एउटा नटबरलालको नौटङ्की चालवाजी । जनवरी २६ तारिकको विहान । लैनचौरस्थीत भारतीय दुतावासको खुला चौर । कान्तिपुर टेलिभिजनका हरहरी उपाध्यायसितै म रिपोर्टीङका लागि गएको थिए । दुतावासले दिउसो बोलाएको ककटेल डिनरमा जाने नजाने भन्ने सल्लाह गर्दै थियौं हामी । त्यति नै बेला मेरो आखा राजेश अहिराज नामको अख्स माथि पर्यो । मसित खासै दोस्ती नभए पनि अनुहारको चिनजानका कारणले उनी हात मिलाउन आइपुगे । सायद उनी दुतावासका अधिकारीहरुलाई मेन स्ट्रीमका पत्रकारसित आफ्नो राम्रो सम्बन्ध भएको देखाउन चाहन्थे केही समयपछि भरतीय राजदुत शिवशंकर मुखर्जीले उनको नाममा एउटा उपहारको घोषणा गरे । उनले खोलेको ब्यत्तिगत सस्था मिडिया रिसर्च सेन्टरका लागि दुतावासले डेढ लाख बराबरको पुस्तक उपहार दियो । उनी कालो कोट र कालो चश्मामा सजिएर मन्चमा पुगि विजयी भावमा हामीतिर फर्केर हात हल्लाउदैथिए । त्यसपछि बेलुकीको पार्टीमा देखिएको उनको चर्तीकलाले मलाई पनि उनी नेपाली होइनन कि भन्ने भान दिलायो । सधै मधेशीका कुरा गर्नेहरु दसगजा पारीबाटै सन्चालित हुन कि भन्ने त्य पुष्टि गर्छ । अब जाउ राजेशको विगत तर्फ । डेढबर्ष अगाडिको कुरा हो । म आपु काम गर्ने राजधानी दैनिकको कार्यालयमा बसिरहेको थिए । लेख छपाउन अनुरोध आएका होचा कदका गहुगोरो अनुहारको युवा नै राजेश रहेछन् । उनको बास्तविक थर झा हो सायद । मिडिया अनुसन्धान केन्द्र खोलेर बसेका अहिराजको लेखचाही राजधानीको पाठक पत्र स्तम्भमा एक कोलममा छापियो । त्यसपछि उनका करिब एकदर्जन रचना पाठक पत्रमा छापिएको । तपाइहरुले धधध।चबवमजबलष्।अयु।लउ मा हेर्न सक्नुहुन्छ । उनका सायद एउटा लेख चही हाम्रो इन्दर्ेनी पेजमा छापिएको छ । नेपाल टेलिभिजनमा समाचार बाचकहरुमा कतिजना मधेशी छन भनेर उनी अनुसन्धान गर्छन अनि एकजना पनि नभएकोमा मधेशीविरोधी सरकार भनेर उफिर्न्छन । यस्ो भए हरेक जातजातीले टेलिभिजनमा आफ्नो जात कति छ भनेर रिपोर्ट निकाल्दै बिरोध गर्ने श्र उनको यही शैली थियो । सर्लाहीमा एक स्थानिय पत्रिकाको वित्रापन संकलक थिए उनी । पत्रिकाको वित्रापन उठाएर ल्याएको पैसा हिनामिना गरेपछी उनलाई हटाइयो । त्यसपछि उनी पैसा लगानी गर्छु भनेर पत्रिका निकाल्न त_िम्सए । अहिले कान्तिपुरमा वीरगन्जबाट रिपोर्टीङ गर्ने मेरा मित्र सुजित महत केही बर्ष अगाडि हामी गोरखापत्रमा सगै काम गर्थ्यौं उनी सम्पादक भएको पत्रिकामा उनलाई प्रबन्धक बनाइयो । उनले साथीहरुलाई चिल्लै बनाएर जिविसबाट एकैचोटी ६० हजार जिप्ट्याएछन । त्यसपछि सो पत्रिका पनि बन्द भयो । सर्लाहीबाट भागे।र काठमाडौ आएपछि उनमा पत्कार बन्ने भुत सवार भयो । बि ए पास गरेपछि उनी एन पि आइ मा पत्रकारिता डिप्लोमा भर्ना भए । उनलाई मैले एनपिआइमा नै चिनेको । त्यसपछी मधेशवाणी नामको चारपाने पाक्षिक पत्रिका निकालेका उनी ठुला पत्कार बने । पत्रकार महासंघ काठमाडौ शाखाबाट उनी केन्द्रीय पार्सद पनि भए । महासघको महाधिबेशनमा उनले बोलेको मधेशीलाई केन्द्रीय समितिमा ल्याउनु पर्े माग आफ्नै लागि पद खोजेको पो रहेछ । राजाको शाही कु पछि उनाई पद चाहियो । उनी राजावादी पत्रकार संघ अर्थात रास्टीय पत्रकार महासघमा लागे । यता बन्न नसकेको केन्द्रीय सदस्य बने । त्यसपछि उनलाई रवारको पार्टीमा नियमित निम्तो आउन थाल्यो । राजाले पनि भेट गरे । पशुपतिभक्त महर्जन सित भेट हुन थाल्यो । यसअघि नै उनले मधेशवाणी पत्रिका निका्नु अघि भारतीय दुतावासमा सम्पर्क गरेका थिए । दुतावासका प्रबक्ता गोपाल वागले र कन्सुर खिया भट्टाचार्य सित राम्रो छदै थियो दरवारमा पनि राम्रो भयो । त्यसपछि पक्का राजावादी बने उनी । राजावादी बनेपछि उनलाई दरवारले तराइमा माओवाी विरोधीसित दरवारको सम्पर्क गराउने जिम्मा दिइयो । त्यसपछि उनी सिरहा गए । माओवादी छाडेका जयकृष्ण गोइतसित भेटे । ज्वाला िसंहको अन्तरवार्ता लिए । आफ्नो पत्रिकामा छापे । पछिल्लो अंकमा पनि उनले पहिलो पेजमा ज्वाला िसंहको बायो डाटा छापेका छन् । उनले ज्वाला िसंह र गोइतलाइ दरवारको सम्पर्कमा पुर्याए । भारतीय दुतावासको त उनी नियमित एजेन्ट नै हुन । साना कदका उनी देख्दा यस्ता नटवरलाल होलान जस्तो लाग्दैन र उनको धन्दा धेरै छ । नैकापमा उनले क्रसर कारखाना चाएका छन । पछिल्लो समय उनी निकै ब्यस्त छन । जनतान्तिक मोर्चा र दरवार अनि भारतीय दुतावासमा उनको धन्दा चलिरहन्छ । गोइतसित उनी एकमहिना तराइ गए । त्यहीबाट उनी दिल्ली र पटना गए । काठमाडौमा अहिले उनी ठुला नटबरलालका रुपमा चिनिन्छन । उनीसगै एनपिआइमा पढ्ने हामीजस्ता उनलाई भेट्दा पनि बोल्न डर लाग्ने अबस्था छ । अब उनी बार्ता टोलीमा पर्छन रे । सायद वार्ता पछि बन्ने सहमति अनुसार मधेशीलाई थपिने बिधायिका सिटमा यीनको पनि नाम हुन्छ । तराइलाई स्वतन्त्र राष्ट बनाउने धारणा राख्ने उनी नेपालको सांसद भए भने हाम्रो गति के होला तपाइले सोच्नुभएको छ
Read Full Discussion Thread for this article