Posted by: Nepe February 5, 2007
प्रमद्वारा गरिएको सम्बोधनको अडियो
Login in to Rate this Post:     0       ?        
H1B बन्धु, कहाँबाट आयो माधव नेपालको कुरा ? पुरा कुरा जान्ने धैर्यता नै छैन रहेछ तपाईमा । मेरो राजनैतिक झुकावको बारेमा तपाईको जिज्ञासा थियो भने, कि सिधै सोध्नु (एकदम frank मान्छे हुँ म), कि रिसर्च गर्नु (साझाको आदिवासी हुँ, धेरै धागो फटाएको छु, एक दुई धागो उधिने त पुगिहाल्थ्यो), तपाई त "बुझ न सुझ, बारी बारी कुद" गर्नुहुन्छ यार । एनिवे, मेरो राजनैतिक पोजिशनको कुरा हो भने यसो भन्न चाहुँला- म जहाँ छु त्यहा पुग्न प्रचण्डलाई हावाबाट ओर्लिनुपर्ने हुन्छ, माधव नेपाललाई बोली र विचार ठगानमा राख्नुपर्नेहुन्छ र कोईरालाज्यूलाई त बिपत्ता दगुर्नुपर्नेहुन्छ, बुझिस्यो ? >आज प्रधान्मन्त्रीले भाषन ठोक्ने रे आज फेरि। >आजको भाषन मा चाहिँ के भन्नु पर्ला? मैले ऊ त्यहाँ माथी जुन लामो भाषण ठोकें, त्यहाँ के देख्नु भो त ? यो त "रामायण पढ्या बार घण्टा बित्या' छैन, सीता कसकी जोई" भन्या जस्तो भएन ? कोईरालाहरुले बुझ्नै पर्ने कुरा के हो भने अबको शासन ढाँट, छलकपट र लुकाईबाट चल्नेवाला छैन । अबको जनता धेरै टाठाबाठा छन् । सत्य-तथ्य, पारदर्शिता र ईमान्दारी - यहि हो तरीका, र यो बाहेक अर्को तरीका छदै छैन । Nepe
Read Full Discussion Thread for this article