Posted by: Gautam B. February 5, 2007
Login in to Rate this Post:
0
?
परमेन्द्रजीको ब्लगको बारेमा साझामा कुरा बढी हुन थालेपछि भर्खरै हेरेको हो मैले उहाँको ब्लग। मैले जति हेर्न भ्याएको छु, तेतिका भरमा 'नेपाल बेच्न खोजेको' भनेर आरोप लाउनुपर्ने कारण देख्दिन म। जहाँसम्म अलिक emotionally charged भाषा देखिन्छ, विशेष गरी अचेलका पोष्टिङहरुमा, त्यो स्वाभाविक हो मेरा लागि। मधेशी (वा अरु कोहि) प्रभुत्वको शाशनमा बस्नु परेको भए, यो अवश्थामा एउटा 'पहाडीया'को रुपमा ममा पनि त्यस्तै आवेश आउन सक्थ्यो भन्ने मलाई पक्का छ। जनआन्दोलन-२ का लगि पनि उत्तिकै emotion का साथ लागेको मान्छे हुनाले पनि म परमेन्द्रजीमाथि राष्ट्रघातको शंका गर्न सक्दिन।
जहाँसम्म जस्लाई पनि मेल पठाएर इनबक्स भर्दिने भन्ने कुरा छ, नचाहनेले ब्लक गरे भएन र? यस्का लागि साझासम्म आएर परमेन्द्रलाई आमा चकारी गाली गरिरहनु पर्दैन।
एउटा तथ्य के हामीले स्वीकार गर्नैपर्छ भने नेपालको राज्यसत्ता अझै काठमाण्डौंकेन्द्रितनै छ र राज्यले मधेश र काठमाण्डौं इतरको पहाडमा न्यूनतम लगानी पनि गरेको छैन। त्यसैले ती ठाऊँहरुमा अवसर पनि कम छ। मधेशमा जुन विष्फोट देखिएको छ, त्यस्तै विष्फोट देखिने स्थिति जनजाति बहुल क्षेत्रमा पनि छ, भौगोलिक जटिलताले गर्दा मात्र उठ्न नसकेको हो। तर यहि चालले फरक विचार राख्ने सबैलाई देशघाती भनिरहने हो भने अन्त पनि उठ्न सक्छ। यो मौकालाई मधेशमात्रै हैन सबैलाई समावेश गर्ने मौकाको रुपमा लिनुनै बुद्धिमानी होला।
जहाँसम्म 'परमेन्द्रले आफ्नै ढोलमात्रै बढी पिट्छ!' भन्ने कमेण्ट छ (माथि कतै पढेको), त्यो कल्ले गर्दैन मौका पाउँदा?! 'बोल्ने पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन' भन्ने नेपाली उखान त्यसै बनेको हैन! 'चामल बोकेको छु मैले!' भनेर गमक्क परेर बसेका साथीहरु, गमक्क पर्न छोडेर 'बोल्न' थालौं!