Posted by: flip_flop February 4, 2007
Dedication Corner to great persons of Nepal
Login in to Rate this Post:     0       ?        
"यात्री" - Laxmi Pradas Devkota कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामाग्री पुजा गर्ने साथ् कसोरी लाने हो? मानिसरुको काँधमा चढि कुन् देवपुरी जाने हो? हाडहरुको सुन्दर खम्बा, मांसपिण्डक दीवार मस्तिस्कको सुनको छान, इण्दृयहरुक द्वार नसा-नदिका तरल तरङ्ग, मन्दिर आफु अपार। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार? मनको सुन्दर सिंहासनमा जगदिश्वरको राज चेतनको यो ज्योति हिरण्यमय उसको शिरको ताज शरीरको यो सुन्दर मन्दिर बिश्व-क्षेत्रको माझ। भित्र छ इश्वर, बाहिर आँखा खोजी हिंड्छौ कुन पुर?? इश्वर बस्दछ गहिराइमा किन् बहन्छौ दुर? खोजि गर्छौ?? हृदय लगौ बत्ति बाल तेज प्रचुर। साथी यात्री बीच सडकमा इश्वर हिंड्दछ साथ चुम्दछ इश्वर काम सुनौला गरिरहेको हाथ, छुन्छ तिलस्मी करले उसले सेवकहरुको माथ, सडक किनरा गाउँछ इश्वर चराहरुको तानामा, बोल्दछ इश्वर मानिसहरुको पीडा, दु:खको गानामा दर्शन किन्तु कहि दिंदैन चर्मचक्षुले कानामा। कुन मन्दिर जाने यात्री, कुन नवदेश विरानामा?? फर्क, फर्क हे, आउ समाउ मनिसहरुको पाउ, मलम लगाउ आर्तहरुको चहराइरहेको घाउ, मानिसहरु भै इश्वरको त्यो दिव्य मुहार् हँसाउ । P.S: Thanks to my friend Juggy who did all the hard work, wrote them in unicode. :-)
Read Full Discussion Thread for this article