Posted by: dotpen February 3, 2007
कविता चोर लाइ फाँसि दे ....
Login in to Rate this Post:     0       ?        
साझाका बहुचर्चित कवि मध्येहरुमा एक राहुलभाइका प्रशंसकहरु मध्ये म पनि एक हुँ । अघिल्लो हप्ता वहाँले साझामा हामीमाझ पस्कनुभएको सुन्दर कविता चोरी भएको कुरा मैले पत्ता लगाएँ । कविता चोरलाइ के कारवाहि गर्ने त? खै कारवाहि त के गर्न सकिएला ? तर म चाहि माग गर्छु कविताचोरलाइ फाँसि दे । (गिरिजा, माधव, प्रचण्ड, ज्ञाने, पारस, रोहित जसलाइ पनि फाँसि दे भन्न पाउने देशको बासिन्दा हामी, यो कविताचोरलाइ मात्र किन नभन्ने होइन ? ) चोरिएको कविता यसप्रकार छ : बलेको आगो ताप्नेहरु त्यहि आगोमा रोटी सेक्नेहरु, छिमेकि को घर् जल्दा चुपचाप् रमायौ जलेको घरसंग आफ्नो घर् जोडिएको बिर्स्यौ त्यही आगोमा तेल खान्याएर् फेरि झेल् गर्यौ सेल पकाए झैं गरेर अर्को खेल खेल्यौ खबरदार मेरो देश कांच होइन, तिम्रो पत्थरले चर्किने खबरदार देश कमजोर् छैन ठुलो स्वरको चोर् संग थर्किने कांचको दरबार् भित्र बसेर जनताको घर्बार् जलेको, फेरि तमाशा हेर्यौ यति धेरै जलायौ, यति धेरै चलायौ अब तिम्रो अन्त्यमा तिम्रो लाश जलाउन कुनै आगो बल्ने छैन तिम्रो आश जोगाउने कुनै झेल चल्ने छैन Posted on 02-01-07 1:38 PM : राहुलभाइ http://light.sajha.com/sajha/html/POSTnew.CFM?forum=2 हुबहु त्यहि कविता फेरि देखा पर्यो यहाँ http://www.mysansar.com/?p=1270#comment-85399 Comment by Prashant — February 2, 2007 @ 1:49 pm राहुलभाइले विश्वनिकेतनको धागोमा यो कविता पुन: प्रकाशित गरेपछि मैले उहाँलाइ सोधे कि प्रशान्त नाम पनि उहाँकै अर्को नाम पो हो कि भनेर । तर त्यस्तो नभएको थाहा पाएपछि यो कविता चोरी भएको पक्कै हो भन्ने निष्कर्षमा पुगे । अब कविताचोर प्रशान्तलाइ कस्तो कार्वाहि गर्ने तपाइहरु नै भन्नुस ।
Read Full Discussion Thread for this article