Posted by: Rahuldai February 3, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
आशु जी, प्रथम त नट्वर लाल पर्मेन्दर भागतका प्रशंसक हरु तथा चम्चा हरु भनेर तपाईंको नाम को किटानी जाहेरी कहाँं गरेको छु मैले? चोर को खुट्टा काट भने जस्तो तपाइ को प्रतिकृया आउनु ले तपाईं आँफै ले त्यो त्यो पद्बी स्वीकार्नु भयो । दोस्रो मैले तपाईं को ब्यक्तिगत जीवन को बारेमा कहाँ कुन ह मा टिप्पणी गरेको छुं? र मेरो ब्यक्तिगत जीवन यात्राा संग तपाईंको बिष बमन किन? तपाईं को बिचलित मनसिकता झल्किंदैन र? मैले तपाईं लाई कहिले एस् एल सी को टपर भनेर धक्कु दिएं? हो म टपर थिएं, त्यसपछी को सफलता तपाईंलाई थाहा छ? तपाइले आफ्नो असफल्ता को दरिद्रता झल्काएको मात्र हो, अमिलो अङ्गुर् जस्तो। तेस्रो, लोकतन्त्रमा सबैलाई आफ्नो कुरा, माग् राख्ने अधिकार छ । मान्छु । त्यसको अर्थ यो होइन कि देश जाती र धर्म को नाम मा देश टुक्र्याउनु पाइन्छ? पैसा पाइन्छ भनेर आमा बेच्न पाइन्छ? तपाईंले मात्र होइन, मैले त्यो भन्दा बढी तराईका जिल्लाहरुमा जागिरे जीवन बिताएको छु,र जीवन धारा बुझेको छुं । तराईको को त्यो माग जायज भए पनि त्यो शैली ठीक भएन भन्ने आवाज हो मेरो र धेरैको हो । पर्मेन्दर ले कुनै भौतिक (physical) आक्रमण गरेको छैन भन्नु हुन्छ । आगो लगाउन सलाइ बोक्नु पर्छ र, आन्दोलन मा त्यो उत्तेजक कुरा आगो भन्दा कम ज्वलनशील हुन्छ र? फेरी उ त अमेरिका मा छ कसरी तराई मा आगो लगाउन सक्छ भन्लाउ? आशु जी, उनका मधेशी र पहाडी बिच फाटो ल्याउने कुरा को बिरोध गरेको हुं । तपाईं समर्थन गर्नु हुन्छ भने मेरो केही भन्नु छैन । देश बिभाजन मा एउटा खड्ग तपाईंको पनि हुन्छ भनी मान्नु पर्ने हुन्छ । अर्को कुरा, तपाईं को अंग्रेजी राम्रो छ, मैले मानेको छु । परमेन्दर को पनि राम्रो होला । अंग्रेजी राम्रो हुनु सँग बिद्वता कहां गांसिएको छ? सिङ्ग न पुच्छर् को तर्क् दिएर जलेको तराइमा अझ तेल हाल्दै छ, पर्मेन्दर्, अझ उहाँ को अंग्रेजीमा लेख्ने बिद्वान भनेर प्रश्ंसाको माला गास्नु हुन्छ भने पर्मेन्दर् मात्र होइन आशु पनि नट्वर् लाल् हुन् भनेर मान्नै पर्छ मैले। अन्त मा, तपाइ ले किन देशका अर्का ठुला नटवर् लाल्, गोपाल् चिन्तन् को किन वकालत् गर्नु हुंदो रहेछ भन्ने कुरा घाम् जति कै चर्लङ् भयो। नेपाल् को बिकाश् होइन बिनाश चाहने कथित् बिद्वान् हुनु हुदो रहेछ, तपाइ अनि तपाइ को समूह। धिक्कार् छ तपाइ नेपाली हुनु मा।
Read Full Discussion Thread for this article