Posted by: copycat February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
Rahulvai, गिर्जाउ राजनैतिक व्यक्तित्व भएको हुनाले निस्वार्थ देशभक्ति हुन सक्दैन भन्ने मेरो विस्वासको आधारमा कुरा गरेको हुँ ।र मैले देश भन्नाले देशप्रतिको भावना भन्न खोजेको हुँ । आफु सत्तामा जान हरेक चोटि भारतसँग झुकेका अवस्थाहरु त तपाइले थाहा पाउनुभो होला, तपाईको उमेरको अनुसार भन्नुपर्दा । "भारत र चीन दुबै सँग सँझौता गरेर नै १७ सालको कू गरेका हुन्। " सम्झौता भन्नाले खराब मात्र नभएर देशको मित्रता र दुरिलाइ समानुपातमा राख्न गरेको, यदि सम्झौता नै भएको भए, जस्तो उसबेला देशमा फस्टाएको राष्ट्रियता को भावना ले प्रस्ट पारेन र? जब देश equilibrium मा हुन्छ तव मात्र त देशमा सर्वाङ्गिण विकास हुन्छ नि। दुखको कुरा, पञ्चायतमा प्रजातन्त्र थिएन र equilibrium le मात्र केहि गर्न सकेन । सँरचनात्मक त्रुटि रह्यो । प्राध्यापक को प्रसँगमा विसुद्द गैर राजनैतिक मानिस भन्न खोजेको हुँ । भलै प्रशासकीय मामलामा राजनैतिक नेताको जरुरत पर्ला। पछिल्लो पस्टमा मैले देशमा अहिले सुरु भएको racial वैरभाव, सिस्टम विहिन राजनैतिक अन्योल, नेताको (राजा, गिरिजा, र माओ) को power struggle बाट पिडित अवस्थामा नेता/जनताको कुनै पनि साधाहरण माग/बोलि/नारा ले सबै सिस्टमलाइ हल्लाउने गरेको छ। यि नेताहरुबिच एकको प्रत्येक move मा सबैले शँका गर्ने, आरोप प्रत्यारोप लगाउने अविस्वास छ। यस्तो समयमा पुर्ण गैर राजनैतिक देशभक्त निस्वार्थि व्यक्तिको खाँचो भएको मेरो भावना दर्शाएको हुँ । कुनै विवादरहितको निस्पक्ष नेता भए सँका/अविस्वास को रोग कम हुन्थ्यो कि?
Read Full Discussion Thread for this article