Posted by: Rahuldai February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
Copycat जी, तपाईंको आलेख पनि कुनै कम्युनिष्ट नेताको भाषण भन्दा कम राम्रो छैन । अझ भनुम्, ज्यादै प्रभाबित देखिन्छ । गिरिजा प्रसाद् ले कहिले देश् बेचे, कस्लाइ बेचे, म सँग त जानकारी छैन, तपाई सँग भए पोस्ट गर्नु होला? हो, गिरिजा प्रसाद, बौद्धिक जमात मा पर्दैन, पढे लेखेको छैन। मैले भन्दै आएको कुरा, नेपालको भू राजनिती र जीवन् जगतको कुरामा हामी र अरु नेता भन्दा बढि उहाँमा अनुभव छ। राजा महेन्द्रको राष्ट्रीयता भनेको ॠतिक रोशन मार्का हुन्। बाहिरबाट् भारत बिरोधि छबि बनाएर भारत र चीन दुबै सँग सँझौता गरेर नै १७ सालको कू गरेका हुन्। २०४६ सालको गणेशमान् सिंह् को घरमा भएको कांग्रेस अधिबेशन पश्चात नेपाली कँग्रेस र तत्कालीन बाम मोर्चा को सयुक्त जन आन्दोलन घोषणा सभामा लौह पुरुष सिंहले भन्नु भएको याद् छैन भने यहाँ कोट् गरेको छु। "एक् आद््मी" को हान्डल् कर्ना आसन है, पार्टिको हान्डल् कर्ना मुश्किल है भनेर भारत ले राजा महेन्द्र संग सम्झौता गरेका थिए। अर्को कुरो, प्राध्यापक भए बेश हुन्छ भन्ने कुरा चाहिँ चित्त बुझ्दो किन भएन भने अहिले पनि गिरिजाको क्याबिनेटमा प्राध्यापक छैन र? प्राध्यापक् मात्र हो र डाक्टर् पनि, प्रा डा मंगल सिद्धि मानन्धर्। अरु पनि होलान्, याद् भएन। तपाईं कै शब्द मा भन्नु पर्दा, डा बाबुराम भट्टराइ भन्दा तेज् दिमाग् भएको, प्राज्ञिक् रुपमा तीक्ष्ण बुद्धि भएको कोहि होला? जिन्दगि भर् कहिलेइ दोस्रा भएनन्। तर तपाई हामी ले देखेकै छौं उनको तीक्ष्ण बुद्धिको प्रतिफल। उनी पछि तीक्ष्ण दिमाग भएका म गनिने डा उपेन्द्र देवकोटा को पनि बौद्धिक दिवालियापन् देखि सक्नु भएको छ। दरबार् हत्याकाण्ड को ढाकछोपे पुरस्कार् थाप्न, मन्त्री खाए,ज्ञाने को कुसाशनमा। अर्का बिद्वान डा गोबिन्द शर्माले त्रीभुवन बिश्वबिद्यालयको उपकुलपति पद्काए। प्राध्यापकहरु कुनै न कुनै पार्टि सँग् सम्बन्धित छन्।कसरि बिस्वाश् गर्ने?
Read Full Discussion Thread for this article