Posted by: pire February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
अन्त्यमा "हाइस्कुलको इतिहास किताब बाहेक केहि अरु इतिहासको किताब नपढेको -उही नितु" भनेर लेख्नु भएको भए अझ कति सुहाउँथ्यो। पढेपो इतिहासमा शाहहरुलाई गाली गरेको छ कि छैन वा लखन थापाहरुको बारेमा लेखेको छ कि भन्ने थाहा हुन्छ। जम्माजम्मी पढेको भनेको हाइस्कुलको इतिहास किताब होला। मैले यहाँ डिफेन्ड गर्न नखोजेको 'कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि" भन्ने सम्झेर हो। इतिहास गाउँको खरदारहरुको बारेमा किन लेखिदैन? किन राजाहरुको बारेमा लेखिन्छ? किनकि गाउँको खरदारहरुको बारेमा प्रमाण जुटाउन मुश्किल हुन्छ। अर्को प्रश्न: किन अरु राज्यको बारेमा बाबुरामले लेखेनन? उत्तर: एकजनाले कति सम्म गर्न सक्छ? न्युटनले लाप्लास ट्रन्स्फर्मेसनकोबारेमा लेखेनन, त के उनले त्यो छेत्र लाई हेपेका थिए? हैन। रीस, इर्ष्या आदिको भरमा बिरोध गर्ने लाई मेरो केहि भन्नु छैन। जाउ, आफै शोध गर र हामीलाई केहि प्रमाणीत गरेर देखाउ। तर कसैलाइ बिरोध गर्नु अघि उनका कृती हरु राम्रो सँग पढिदेउ भन्ने बिन्ति गरेको मात्र हो।
Read Full Discussion Thread for this article