Posted by: ratobhaley February 1, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
From hamroblog.com परमेन्द्र भगत नामका नटबरलालबारे - दिनेश आचार्य एकजना छन अमेरिकाको न्यूयोर्कमा । आफुले आफैलाई बुद्धिमान घोषणा गर्दै आफु बिदेशिनुलाई ब्रेन डर्नको सज्ञा दिने त्यो सख्श अरु कोही होइन अनाबश्यक रुपमा तपाई हाम्रो ब्यक्तिगत मेल अकाउन्टको यनबाक्स फुल गर्ने हिन्दु अतिवादी र तराईको शान्त नेपाललाई भारतीय भुमन्डलमा मिलाउने प्लानका सेवक हुन-परमेन्द्र कुमार भगत । उनी हरेक दिनजसो दर्जनौ मेल दुनियाका हजारौ मेलबक्समा पठाउछन् । कुनैबेला नेपालको प्रजातान्त्रिक आनदोलनलाई सहयोग गर्ने नाममा काठमाडौंको आन्दोलनको फोटो किन्ने भगत अहिले हरेक दिन पहाडिका नाउमा बिद्वेश उराल्दै मधेशीका मनमा घृणाको बीउ रोप्न उद्यत छन् । अर्थात उनी पहाडी र मधेशी नेपालीबीच माराकाट गराएर साम्पर्दायिक हिसाको बिउ रोप्न चाह्छन । किनभने यो उनको मालिकको आदेश हो । भारत नेपालमा के चाहन्छ ब्वासोले गाइको बाच्छालाई मायाले सुम्सुमाएर कन्याउदै मुटु कलेजो झिकेर खाएजस्तो गर्ने प्लानमा छ । नेपालमा हिसा बढेपछि बिचरा भन्दै सुमसुमाउन आए जस्तो गरि तराइलाइ आफ्नो भागमा मिलाउने र को दीर्घकालिन रणनीती पुरा गर्ने एजेन्ट हुन उनी । उनीमात्र होइन उपेन्द्र यादव हृदयेश त्रिपाठी र जयकृस्ण गोइतहरु पनि त्यही हुन । जो आफुलाई नेपाली भनाउन समेत चहदैनन् । हिजोसम्म श्री ५ को सरकार हुदा उनीहरुले जनआन्दोलन भाग २ मा कहि पनि मधेशका नाउ उच्चारण गर्न परेन । राजाकै शाशनमा मस्त भए । किनभने अहिलेका राजा भारतीयकै ज्वाई र नातेदार अनि उतैबाट आएका थिए । तर अहिले जब नेपाली जनताको ुनेपाल सरकारु भयो उनीहरुलाई नेपाली भन्न लाज लाग्यो र मधेश सरकारको नारा उचाल्न थाले । केही समयअघि सम्म मधेशी र लोबतन्त्रको नारामा ब्लग लेखिरहेका उनी एक्कासी नेपालबिरोधी र भारतसमर्थक भएर निस्किए । उनी नेपाली पासपोर्टकै आधारमा अमेरिकामा बसिरहेका छन् भलै भारतीय कृपादृष्टिले पालिएका किन नहोस । तर आफुलाई नेपाली भनाउदा लाज लाग्छ रे । मधेश छुट्टै देश हो रे । नेपालीहरुले त्यस देश हडपेका हुन रे । उनका पछिल्ला लेख पढ्दा यस्तै लाग्छ । काठमाडौंका नेवारले नजानेर किम्बदन्ती वा जोक्स बनाएको ‘मनु मखु मडिस्या ख’ लाई ठुलो मुद्दा बनाएर आर्टिकल लेखे । पहाडिया भनेका मान्छे नै होइनन र उनीहरुलाई खत्तम गर्नुपर्छ भन्ने उनको आशय झल्किन्छ । वास्तबमा यो फलाम तातेको बेलामा हिट गरेजस्तै हो । तराईमा सयजना मान्छे अगाडि लगायो हजार जना पारीबाट सय रुपैया दैनिक दिएर ल्यायो । नत्र काठमाडौमा लाखौ मान्छे उत्रदा जनआन्दोलन २ मा किन तराईमा मान्छे सुन्यप्राय थियो राजतन्त्र बिरुद्ध ११ बर्ष जनयुद्ध हुदा पहाडमा जसरी क्रान्ति मौलायो तराईमा लुटेर खानेहरु मात्र बढे किन हुन त तराईमा पुरानो डाका सस्कारले गर्दा पनि माओवादीमा लाग्नेहरु लागेका थिए लुट्न नपाउने भएपछि जनतान्त्रीकमा लागे । राजा फाल्ने आन्दोलनमा चाही नलाग्ने अहिले ठुृलो क्रान्तिकारी कुरा गर्ने भगत जस्ता कथित नौटंकी अनुहारहरु धेरै छन् यहा । उनी कहिले आफु नेपालमा राजनीति गर्न नफकर्कने कुरा गर्छन त कहिले अमेरिकामा सबैले नेपाल गएर राजनीति गर भनिरहेको लेख्छन । परमेन्द्र भन्ने मान्छेले एकपटक अनौठो कुरा गर्यो । सारा सार्क क्षेत्र एउटै रास्ट्र हुनुपर्ने प्रस्ताब राख्छन । यसको अर्थ के हो हिन्दुस्तानले भन्ने गरेको सारा भारतबर्ष एउटै देश होओस भनेको होइन पाकिस्तान बंगलादेश देखि नेपाल र भुटानसम्म भारतमै गाभियोस भन्ने उनको आशय हो कि होइन यस्ताले तराइको आन्दोलन हाकेको दाबी गरेका छन् । के यो कहाबाट सन्चालित हो यसै थाहा हुदैन अमेरिकामा उनी कसरी पुगे यहा के काम गर्छन उनी बेलाबखत नेपालमा पत्रिका र इन्टरनेट साइट चलाउनेहरुलाई अलिअलि रकम दिएर भारतीय लाइनका नेपाली नेताहरुका। अन्तर्बातार्ता लिन लगाउछन् । यता केही पैसामा बिकेर पत्रकार भनाउदाहरु भारतकै दलालीमा बोलेको कुरा छाप्छन । उनको धन्दा यस्तै छ । आफुलाई महान बनाएर आर्टिकल लेख्दै दुनियाका मेलमा बिना अनमति बग्रेल्ती िलंक पठाएर उनले दुनियालाई दुःख दिएबापत क्षतिपुर्ती तिर्नुपर्दैन अमेरिका बस्नेलाई त यो थाहा हुनुपर्ने उनले अरुको मेल आइडी कसरी थाहा पाए प्राइभेसी ल अनुसार त कारबाही हुन्छ आफु बिदेशिदा ब्रेन ड्रेनको घोषणा गर्नेलाई त थाहा हुनुपर्ने । गगन थापासित अकंमाल गरेको फोटो खिचाउदा आफुलाई भाग्मानि ठानेर आर्टिकल लेख्नेले अहिले तिनै थापाहरु अर्थात पहाडेहरुका बिरुद्ध बिषबमन गर्दा कस्तो लाज नलागेको । साइटभरी आफ्ना नानाभातिका फोटो राखेर प्रचार गर्ने भगतले लेखेका अग्रेजीका भाषण कतिजना तराइबासीले पढ्छन त्यो उनलाई के मतलब भगतले त त्यो भाषण आफ्ना मालिकहरुलाई देखाएर पैसा झार्नका लागि हो । साच्चै तराइका लागि सबेदनशील हो भने त कलैयामा आएर जुलुसको नेतृत्व गरुन न । सोझा गरिब मर्ने भगतहरुचाही अमेरिकामा बसेर तर मार्ने पहाडिया र मधेशीको साम्प्रदायिक सदभाब भडकाएर मान्छे मार्ने खेल हुदैछ । यदी त्यसो भयो भने नेपालको इतिहासमा पहिलोपटक लाखौ मानिस मारिन्छन । देश बिखन्डन पक्का हुन्छ । भगतहरुको मास्टर प्लान यही हो । जनअधिकार फोरम भनेको भारतीय दुतावासबाट रकम ल्याएर सास्कृतिक कार्यक्रम गर्ने गोष्ठि गर्ने र एक दुइटा प्रतिबेदन छपाएर मधेशीको नाम भजाउदै पैसा कमाउने एनजिओ होइन यो कुनै पार्टी हो जसले बिचारको आन्दोलन गर्छ त्यहा बसेका नेताहरुको कुण्डल हेर्नुपर्छ कहा कहाबाट सन्चालित छन यसै थाहा हुन्छ । उपेन्द्र यादव काठमाडौंको बानेश्वरमा एकजना राजावादीको घरमा भाडामा सायद सित्तैमा बस्छन् । किशोरकुमार बिश्वास भन्ने मण्डले जो सद्भावना पार्टी छाडेर दरवारहुदै भारतीय क्याम्पमा पुग्यो उनी पत्रकारहरुको फोन नम्बर सकलन गर्दै आफ्नो नाम बजाइदिने अनुरोध गरिरहन्छन् । अर्का आफुलाई महासचिब बताउनेचाही उपेन्द्र यादबले बोक्ने ९८४१-४३५७७१ नम्बरको मोबाइल उठाउछन र आफ्नॊ नाम उल्लेख गरेर समाचार लेखिदिन र आफ्नै अन्तरवार्ता लिइदिन करकर गरिरहन्छन् । उनका अन्तरवार्ता लिन मानेन भने उपेन्द्र यादवलाई सम्पर्क हुनै दिदैनन उनी । अस्ति भारतको गणतन्त्र दिवसका भारतीय दुतावासमा भएको पार्टीमा फोरमका नेताहरु कसरी कानेखुशीमा मग्न थिए त्यो कुरा सहभागि यो पंक्तिकारलाई थाहा छ । राजेश अहिराज जस्ता नटबरलाल पत्रकारहरु पनि त्यस दिन एक लाख भारुको पुस्तक पुरस्कार लिदै चलमलाइरहेका थिए । (यो विचार लेखकको ब्यक्तिगत हो । यसमा हाम्रोब्लगको सहमति अनी असहमति बारे कुनै राय छैन)
Read Full Discussion Thread for this article