Posted by: Hi_nanu February 1, 2007
अब के होला?
Login in to Rate this Post:     0       ?        
कुनै पनि समस्याको समाधानका लागि सबै पक्ष समस्या समाधान् तर्फ उन्मूख हुनु जरूरि हुन्छ ।अहिले उत्पन्न भएका सबै समस्या एउटै कारणले उत्पन्न भए जस्तो मलाइ लाग्छ। हिजो राजाले देश हाक्दा पनि पन्च बाहेक अरुलाइ समेट्न सकेनन भने आज ७ दल तथा माओबादिहरुले आफु बाहेक बाकिलाइ नेपालि ठान्न सकेनन। राजनितिमा लागेका हरु साधु होइनन र उनिहरु जनताको आँखाबाट मात्रै सधै हेर्दैनन।उनिहरुलाइ नया गोटिको खोजि हुन्छ र आफ्ना निम्ति प्रयोग् गर्छन्।राजनितिका सबै खेलाडिलाइ नसमेटे सम्म जनताले चाहेर मात्र शान्त नेपालको आशा गर्नु आकाशको फल आँखा तरि मर भने जस्तै पो हो कि? चाहेर वा नचाहेर अझै पनि नेपालि जनता ३ वटा धारमा बिभाजित छन।बामपन्थि,लोकतन्त्रबादि र राजावादि।हुन त साथिहरु राजावादि हरुको अस्तित्त्व समाप्त भैसक्यो भन्नु होला।वर्तमानमा यस्तो देखिएको पनि छ।तर राजनितिमा सानो तप्काले पनि आफ्नो भाग खोजेको हुन्छ।सि पि को बाम् मोर्चाले भाग खोजि रहेको बेलामा उनिहरुले नखोज्लान भन्न सकिन्न।तेसैले कहिले पनि देश हितमा नसोच्ने ग्यानेलाइ पनि भित्ताभन्दा पर धकेल्नु आजको नया नेपाल निर्माणमा प्रत्युत्पाद्कनै हुन्छ जस्तो देखिन्छ। आज् उत्पन्न समस्याको जड मधेसि वा पहाडि भन्दा पनि राजनैतिक शक्ति असन्तुलनको प्रतिफल नै हो। "न राजतन्त्र जनताको चाहना हो न माओबादि,तर देशलाइ शान्ति तर्फ उन्मूख गर्नु छ भने यि दुबै तानाशाहहरुलाइ भाग दिनु आजको बाध्यता हो।"
Read Full Discussion Thread for this article